राजबिराज । राजबिराज नगरपालिकाको सहयोग तथा सप्तरी क्रिकेट संघको आयोजनामा सप्तरीको राजबिराजमा जारी मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको शनिबार सम्पन्न तेश्रो खेलमा बजाज खडक वारियर्सले लगातार दोश्रो जित हात पारेको छ ।
राजविराजको पब्लिक विन्देश्वरी माविको मैदानमा सम्पन्न खेलमा टस हारेर व्याटिङ गरेको अन्तर्राष्ट्रिय खेलाडी मेहबुब आलमको कप्तानीमा रहेको तिलाठी कोइलाडी महिन्द्रा हिरोजलाई ७ विकेटले पराजित गर्दै बजाज खडक वारियर्सले जित हात पारेको हो ।
तिलाठी कोईलाडि महिन्द्रा हिरोजले निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाएर ९० रन मात्रै जोड्न सक्यो । जसमा विकास दासले सर्वाधिक २८ रन, मेहबुब आलमले १६ तथा अमित यादवले ११ रनको योगदान दिए ।
खडक वारियर्सका बलर गोमानन्द अमात र हरि शंकर शाहले सामान ३/३ विकेट तथा फिर्दोस अन्सारीले २ विकेट लिएका थिए ।

९१ रनको लक्ष्य लिई मैदानमा ओर्लेको वारियर्सले १० ओभर एक बलमै जित हात पार्यो । सहज जित दिलाउन हासिम अन्सारीले आक्रामक व्याटिङ गर्दै २६ बलमा ३ चौका र ६ छक्काको मदतले अविजित ५८ रन तथा हरिशंकर साह र बिवेक यादवले क्रमशः १५ र १२ रनको योगदान दिएका थिए ।
बलिंगतर्फ तिलाठीका बलर सम्साद शेखले २ तथा मिनास थापाले १ विकेट लिए । खेलको म्यान अफ द म्याच बिस्फोट व्याटिङ गर्ने बजाज खडक वारियर्सका हासिम अन्सारीलाई राजविराज नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिर झाले ट्रफी तथा १ हजार ५ सय प्रदान गरे ।
प्रतियोगितामा बजाज खडक वारियर्सको दोश्रो खेलमा यो लगातार दोश्रो जित हो भने कोइलाडी तिलाठी महिन्द्रा हिरोजले २ खेलमा दोश्रो हार हो । ३ टिम सहभागी लिगमा बोदे बर्साइन थन्डर्सले पनि २ खेल खेल्दा १ जित र १ हार बेहोरेको छ । प्रतियोगिता अन्तर्गत आइतबारको खेलमा तिलाठी महिन्द्रा हिरोज र बोदे बर्साइन थन्डर्स बीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया