नेपालकी सविना लामा र करिश्मा घर्तीमगरले छैटौँ दक्षिण एसियाली तथा आमन्त्रित आईटीएफ तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन् । सिनियर महिला स्पर्धाको ५५ केजीमुनिको स्पाइरिङको फाइनल खेलमा सविनाले अफगानस्तानकी फेरिस्थालाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।
त्यस्तै सिनियर महिला स्पर्धाको ६४ केजीमुनिको स्पाइरिङको फाइनल खेलमा करिश्माले भारतकी भेदिका शाहलाई पराजित गर्दै स्वर्ण जितिन् । सिनियर महिला स्पर्धाको ४७ केजीमुनि नेपालकी रुबिका खड्काले भारतकी बिकानश्री, ५२ केजीमुनि नेपालकी रन्जु पुलामीमगरले चीनकी हुइङ साङ ताङ, ६२ केजीमुनि भारतकी यस भारतीले नेपालकी श्वेता राई तथा ७५ केजीमुनि नेपालकी सिर्जना राईले बंगलादेशकी सान्तोना रानीलाई आ–आफ्नो खेलमा पराजित गर्दै स्वर्ण जितेका हुन् ।
जुनियर महिला स्पाइरिङको ४० केजीमुनि भारतकी आर मल्लिकले नेपालकी स्वस्तिका सुवेदी, ४५ केजीमुनि नेपालकी अबिना राईले भारतकी प्रमिका श्रीवंश, ४७ केजीमुनि भारतकी आयुषाले नेपालकी वर्षा सुनुवार, ५० केजीमुनि भारतकी कुसुम मिठाले नेपालकी रोशनी कुँवर, ५२ केजीमुनि नेपालकी निश्चल राईले बंगलादेशकी सपना किन्तोनिया, ६० केजीमुनि नेपालकी कोपिला स्याङताङले भारतकी प्रनिका सूर्यवंशीलाई आ–आफ्नो खेलमा पराजित गर्दै स्वर्ण जितेका थिए । महिला जुनियर स्पर्धाको ५५ केजीमुनि नेपालकी अनिषा कार्कीले स्वर्ण जितिन् ।
नेपाल आईटीएफ तेक्वान्दो संघको आयोजनामा त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन भएको जुनियार पुरुषको २२ केजीमुनिको स्पाइरिङमा नेपालका लक्की राईले स्वर्ण जिते । उनले चीनका स्याउमिङलाई फाइनल खेलमा पराजित गरेका थिए । जुनियर पुरुषको २७ केजीमुनि चीनका याङ थाङ लिङले भारतका फिग्नेस कृष्णलाई हराउँदै स्वर्ण जितेका थिए ।
प्रतिक्रिया