सर्वाधिक पुरस्कार राशिको विश्वकप

सर्वाधिक पुरस्कार राशिको विश्वकप


फिफा विश्वकप फुटबलको उपाधि जित्ने टिमले ३८ मिलियन अमेरिकी डलर अर्थात् ४ अर्ब १८ करोड नेपाली रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । यो पुरस्कार प्राप्त गर्न आज राति ८ः४५ बजे क्रोएसिया र फ्रान्सबीच उपाधिको लागि भिडन्त भिडन्त हुँदै छ ।

त्यस्तै विजेता टिमले १८ क्यारेटको सुनको फिफा विश्वकपको ट्रफी पनि प्राप्त गर्नेछ । फ्रान्स तीनपटकको फाइनलको अनुभव बटुलेको टिम हो भने क्रोएसियाले पहिलोपटक फाइनलमा पुगेर इतिहास रचेको हो ।

त्यस्तै उपविजेता टिमले २८ मिलियन डलर अर्थात् ३ अर्ब ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो स्थान हासिल गर्ने टिमले २४ मिलियन डलर अर्थात् २ अर्ब ६४ करोड नेपाली रुपैयाँ प्राप्त गर्नेछ । जुन तेस्रो स्थान हासिल गरिसकेको बेल्जियमलाई प्रदान गरिनेछ । त्यस्तै, चौथो स्थान हासिल गरेको इंग्ल्यान्डले २२ मिलियन डलर अर्थात् २ अर्ब ४२ पाउनेछ ।

फिफा विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशि ७९१ मिलियन डलर अर्थात् ८७ अर्ब १० करोड नेपाली रुपैयाँ रहेको छ । जुन सन् २०१४ मा ब्राजिलमा सम्पन्न भएको विश्वकप फुटबलको भन्दा ४० प्रतिशत बढी हो ।

पुरस्कारको हिसाबमा रसियामा सञ्चालन भइरहेको २१औँ विश्वकप फुटबलले नयाँ कीर्तिमान कायम गरेको छ । पछिल्लोपटक ब्राजिलमा आयोजना भएको विश्वकपको कुल पुरस्कार राशि ५ सय ७६ अमेरिकी डलर थियो । त्यस्तै सन् २०१० मा दक्षिण अफ्रिकामा सम्पन्न विश्वकपको पुरस्कार राशि ४२० मिलियन डलर थियो ।