विश्व फेन्सिङ च्याम्पियनसिपमा कमला

विश्व फेन्सिङ च्याम्पियनसिपमा कमला


विश्व फेन्सिङ च्याम्पियनसिपमा सहभागी हुन १ खेलाडीसहित २ सदस्यीय नेपाली टोली चीनको उझी प्रस्थान गरेको छ ।

जुलाई १८ देखि २६ तारिखसम्म हुने प्रतियोगितामा कमला श्रेष्ठले साब्रे स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् । राखेप च्याम्पियनसिपकी स्वर्ण विजेता कमला इन्डोसियामा हुने १८औँ एसियाली खेलकुदका लागि छनोट भएकी खेलाडी हुन् ।

व्यवस्थापकमा नेपाल फेन्सिङ संघकी सचिव हेल्गा राणा रायमाझी रहेकी छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।