सेभेन ए साइड फुटबलमा चट्टान अगाडि

सेभेन ए साइड फुटबलमा चट्टान अगाडि


जिल्ला खेलकुद विकास समिति काठमाडौंद्वारा आयोजित अन्तरसंस्थास्तरीय सेभेन ए साइड फुटबल प्रतियोगितामा चट्टान बचत तथा सहकारी लिमिटेड सेमिफाइनल प्रवेश गरेको छ ।

साउन १ गते मंगलबार सम्पन्न खेलमा चट्टान सहकारीले काठमाडौं जिल्ला खेलकुद विकास समितिलाई ४ का विरुद्ध ६ गोलले पराजित गरेको हो ।

चट्टानका लागि विनोद पुडासैनी र हरि महर्जनले समान २–२ गोल गरेका थिए भने सीताराम थापा र पासाङ शेर्पाले १–१ गोल गरेका थिए । जिल्ला खेलकुद विकास समितिको तर्फबाट बद्री भट्टराई २ तथा धु्रवराज न्यौपाने र राजीव श्रेष्ठले १–१ गोल गरेका थिए ।

प्रतियोगीताअन्तर्गत बुधाबार काठमाडौं जिल्ला खेलकुद विकास समिति बी टिम र गोकर्णेश्वर नगरपालिका तथा नेपाल हिमालयन सीमापार वाणिज्य संघ र गजराज जोशी ट्रस्टबीच हुनेछ ।