थाइल्यान्ड ओपन करातेमा नेपाली टोली

थाइल्यान्ड ओपन करातेमा नेपाली टोली


थाइल्यान्ड ओपन कराते च्याम्पियनसिपमा सहभागी हुन १९ खेलाडीसहित ४७ सदस्यीय नेपाली टोली थाइल्यान्डको बैंकक पुगेको छ ।

साउन २ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कृति गौतम, डिगम्बरप्रसाद पन्त, सुजन श्रेष्ठ, फिन्छोक दोर्जे लामा, सुशील पौडेल, मणिकुमार सुनुवार, सोनाम लामा, प्रकाश खड्का, मनीषा मोक्तान, आयुशा तामाङ, कृष्ण नगरकोटी, आशिष थापा, विनय लिम्बू, आर्यन रञ्जित, पेमा डोल्मा तामाङ, हीरादेवी राई, रोहित राई, अशेष मगर र विवेक राईले विभिन्न स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् ।

टोली नेतामा नारायणदेव राणा, प्रशिक्षकमा कराते प्रमुख प्रशिक्षक शोभितराज प्रसाईं, राजेन्द्र कपाली, महेश रञ्जित र देवी पुन, व्यवस्थापकमा रामकृष्ण श्रेष्ठ, निर्णायकमा एकेएफ जजत्रय सञ्जय रञ्जित, सेसुका राई र कुन्ति गुरुङ, राष्ट्रिय रेफ्रीत्रय राकेश श्रेष्ठ, साइला गमाल र लक्ष्मण खड्का रहेका छन् ।

त्यस्तै अफिसियलमा किसनराज सिंह, राधा मताङ्गी, एनिला प्रधान, हस्ना खड्गी, हरिबहादुर राउत, अच्युतराज लामिछाने, प्रेमबहादुर कोइराला, जीवन गुरुङ, दीपक चापागाईं, विकासविक्रम शाह, अनन्त गौतम, शैलेन्द्रकुमार भुसाल, विनोद ठकुरी, कुमार कटवाल र रोहन बानियाँ रहेका छन् ।

टोलीलाई सफलताको शुभकामना दिँदै राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट र राखेपअन्तर्गत प्रशासन विभागका प्रमुख वासुदेव आचार्यले बिदाइ गरेका थिए । सो अवसरमा सदस्यसचिव विष्टले टोलीका व्यवस्थापक एवं नेपाल भारोत्तोलन संघका उपाध्यक्ष रामकृष्ण श्रेष्ठले प्रायोजन गरेको ट्रयाकसुट टोलीलाई हस्तान्तरण गरेका थिए ।