सशस्त्रका खेलाडीलाई आदर्श समाजको खेलकुद सामग्री

सशस्त्रका खेलाडीलाई आदर्श समाजको खेलकुद सामग्री


आदर्श समाज विकास केन्द्रले सशस्त्र प्रहरीका खेलाडीका लागि विभिन्न खेलकुद सामग्री प्रदान गरेको छ । भारतमा हुने चौथो कराते प्रतियोगिताको तयारीका लागि आवश्यक विभिन्न सामग्री उपलब्ध गराइएको हो ।

केन्द्रले सशस्त्र प्रहरी कार्यालय हल्चोकमा एक कार्यक्रम आयोजना गरी संस्थाका उपध्यक्ष गीता सिंखडा र सचिव प्रवीण कुलङ राईले संयुक्त रूपमा खेलकुद सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।

सामग्री हस्तान्तर गर्दै विकास केन्द्र उपाध्यक्ष सिंखडाले खेलकुद क्षेत्रले नेपाली नागरिकलाई एउटै धागोमा बाँध्ने काम गर्दै आएको बताउँदै खेल क्षेत्रको विकासमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताइन् । उनले भारतमा हुने प्रतियोगिताको तयारीमा डटेर लाग्न आग्रह गर्दै खेलाडीलाई अग्रिम शुभकामनासमेत दिइन् ।

सामग्री ग्रहण गर्दै सशस्त्रका प्रहरी निरीक्षक अमित मल्लले आदर्श समाज विकास केन्द्रको यो सहयोग खेलाडीका लागि महत्वपूर्ण हुने भन्दै सहयोगप्रति धन्यवाद ज्ञापन गरेका थिए ।