ग्रीसमा डढेलो : कम्तीमा पचहत्तरको मृत्यु

ग्रीसमा डढेलो : कम्तीमा पचहत्तरको मृत्यु


ग्रीसको राजधानीनजिकै समुद्रि इलाकामा रहेको एउटा रिसोर्टमा डढेलो लाग्दा करिव ७५ व्यक्तिको मृत्यु भएको छ । धेरैजसो पीडितहरू एथेन्सको उत्तरपूर्वमा रहेको माती गाउँस्थित समुद्री क्षेत्रको रिसोर्टमा फसेको अधिकारीहरुलाई उद्धृत गर्दै एपीले जनाएको छ ।

आगलागी भएको ठाँउमा ६ सयभन्दा बढी अग्नी नियन्त्रक र ३ सय गाडी परिचालन गरिएको थियो । ग्रीसका अधिकारीहरूले कैयौँ ठाउँमा फैलिएको उक्त आगलागी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहायताको अपिल गरेका छन् ।

अधिकारीहरूले एथेन्सको पश्चिममा रहेको किनेटा नगरका बासिन्दालाई आफ्नो घर छोड्न आग्रह गरेका छन् । आगलागी भएसँगै बाटोहरू बन्द भएका छन् र रेल सेवा पनि रद्द भएको छ ।

प्रधानमन्त्री एलेक्सिस सीप्रासले घटनाप्रति दुःख व्यक्त गर्दै डढेलो नियन्त्रणका लागि गर्न सकिने सबै प्रयासहरू भइरहेको बताए । आगलागीका कारण सयौँको जना घाइते भएको अधिकारीहरुले बताएका छन् ।