कर्पोरेट ब्याडमिन्टनमा दीपेश र सुनील तेस्रो चरणमा

कर्पोरेट ब्याडमिन्टनमा दीपेश र सुनील तेस्रो चरणमा


एपीएफ क्लबका दीपेश धामी र ज्येष्ठ ब्याडमिन्टनका सुनील जोशी अन्नपूर्ण पोस्ट इन्टरनेसनल कर्पोरेट ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहल कोर्टमा भएको खेलमा दीपेशले प्रदेश ५ का निरञ्जन चौधरीलाई २१–१०, २१–७ को सोझो सेटमा पराजित गरे । अर्को खेलमा सुनीलले पनि प्रदेश ५ कै शिव थापालाई २१–७, २१–६ को सेटमा स्तब्ध बनाएका थिए ।

सोही स्पर्धाको अर्को खेलमा नेपाल पुलिस क्लबका जीवन आचार्यले भारतका उदयबहादुर भट्टाचार्यलाई २१–६, २१–९ को सेटमा हराए । वैकुण्ठ श्रेष्ठले प्रदेश ४ का भूगोल गुरुङसँग वाकओभर पाए । पुलिसका दीपक बोहोराले प्रदेश ६ का जितप्रसाद लामिछानेलाई २१–११, २१–८ ले हराए ।

अन्य खेलमा भारतका शुभ डेले प्रदेश १ का प्रनिशसिंह ठकुरीलाई २१–१६, २१–१९, एपीएफका विजित थापामगरले बाँकेका सरोज अन्सारीलाई २१–१४, २१–१७, बंगलादेशका महमद सलमान खानले भारतका राजदिप शर्मालाई २१–१५, २१–११ र एपीएफका निरञ्जन देवकोटाले प्रदेश १ का सुजन श्रेष्ठलाई १३–२१, २१–१८, २३–२१ को सेटमा हराउँदै तेस्रो चरणमा पुगेका छन् ।

यसैगरी सोही स्पर्धाको अर्को खेलमा त्रिभुवन आर्मी क्लबका प्रफुल्ल महर्जनले प्रदेश ७ का जेबी साउदसँग वाकओभर पाए । आर्मीकै रुकेश महर्जनले एमआईबीसीका नीरविक्रम देवकोटालाई २१–१८, २१–११, भारतका शेख महमद रहिमले एपीएफका सुदीप सेढाईंलाई २१–१६, २१–१८, नेपालका प्रिन्स दाहालले एपेक इन्टरनेसनलका अकिल श्रेष्ठलाई २१–९, २१–१५, आर्मीका प्रविन लिङथेपले प्रदेश ७ का देवराज रानालाई २१–१९, २१–१८ तथा पुलिसका विष्णु कटुवालले प्रदेश २ का रामकुमार श्रेष्ठसँग वाकओभर पाउँदै तेस्रो चरणमा स्थान बनाए ।

पुरुष एक्जुकेटिभ एकल
यसैगरी एपेक इन्टरनेसनलका अकिल श्रेष्ठ र कुमारी बैंकका विक्रम निरौला पुरुष एक्जुकेटिभतर्फ तेस्रो चरणमा प्रवेश गरेका छन् । अकिलले नेपाल मेगा बैंकका खेम भट्टलाई २१–१०, २१–१३ र विक्रमले लाइफ फर्माका किरण विष्टलाई २१–१२, २१–१३ को सेटमा पराजित गरेका हुन् ।

सोही स्पर्धाको अन्य खेलमा केआरएसका राम बानियाँले नेपाल राष्ट्र बैंकका नारायणप्रसाद पौडेललाई २१–४, २१–६, आरएस अन्स्ट्रक्सनका रजिन खड्काले हिमालयन बैंकका सुरजनबहादुर सिंहलाई २१–९, २१–२, राष्ट्र बैंकका बमबहादुर मिश्रले सेन्चुरी बैंकका रञ्जन खड्कालाई २१–१७, २१–१५, ज्येष्ठ सेभिङका सुजन थापाले एनएसीका नवीन मगरसँग वाकओभर पाएका थिए ।

अर्को खेलमा ज्येष्ठ सेभिङकै सुनील जोशीले सेन्टिजेभियरका सुनीलरत्न बराईलाई २१–९, २१–८, लाइफ फर्माका विनोद पौडेलले ज्येष्ठका मधुसुदन पाठकलाई २१–१७, २१–१४, नेपाल एसबीआई बैंकका नवराज जोशीले अल्कीका केशवराज गिरीलाई २१–६, २१–९ र एनएसीका प्रशन ओलीले नविलका छविकुमार जोशीलाई २१–१७, २७–२५ ले हराउँदै तेस्रो चरणमा पुगे ।

छात्र यू–१९ एकल
यसैगरी छात्र यू–१९ एकलतर्फ आर्मीका प्रफुल्ल महर्जनले नेपालका मोहन गुरुङलाई २१–४, २१–८ र प्रदेश ६ का नगेन्द्र बम ठकुरीले ज्येष्ठका अभियान कस्यपलाई २१–१९, २१–१९ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । अर्को खेलमा प्रदेश १ का प्रनिशसिंह ठकुरीले बाँकेका संगम पुनलाई २१–१५, २१–१६ ले पराजित गरे ।

सोही स्पर्धामा प्रदेश ७ का अमृत चौधरीले ज्येष्ठका प्रियान्सु क्षेत्रीलाई २१–१५, २१–१९ ले हराउँदै तेस्रो चरणमा पुगेका छन् । आर्मीका प्रविन लिङथेपले नेपालका सञ्जीव भण्डारीलाई २१–१३, २१–१६, अन्नपूर्ण राइसका दिप्रिश बज्राचार्यले प्रदेश ४ का सलिन पौवीलाई २१–१३, १५–२१, २३–२१, ज्येष्ठका सुनील जोशीले प्रदेश १ का सत्यम सुब्बालाई २१–६, २१–९ र नेपालका सविन तामाङले सीजीबीसी टिमोरका प्रतीक अर्याललाई १७–२१, २१–१७, २१–१५ ले हराएका छन् ।

सोही स्प्र्धाको अन्य खेलमा टंकेश्वरका विनायकलाल श्रेष्ठले नख्खीपोटका आशिष राईलाई २१–१९, २१–१०, प्रदेश ४ का विधान अधिकारीले प्रदेश ७ का देवराज रानालाई २१–१३, २१–१५, धादिङका आयुश श्रेष्ठले प्रदेश २ का धीरज शाहलाई २२–२०, १३–२१, २३–२१, आर्मीका रुकेश महर्जनले प्रदेश ५ का सफल थापालाई २१–१५, २१–११, प्रदेश ६ का निरञ्जन चौधरीले प्रदेश २ का कौशिकराज गिरीलाई २१–७, १७–२१, २१–१६, प्रदेश ५ का शिव थापाले काठमाडौंका युवेश धौभडेललाई २१–७, २१–५, आर्मीका दिवश शंकरले ज्येष्ठका पेम्बा शेर्पालाई १९–२१, २१–१६, २१–१८ तथा नेपालका प्रिन्स दाहालले रिसव पौडेललाई २१–५, २१–१० को सेटमा पराजित गरेका छन् ।