दाङको तुलसीपुर पहिलो ‘स्पोर्टस् सिटी’

दाङको तुलसीपुर पहिलो ‘स्पोर्टस् सिटी’


दाङको तुलसीपुरलाई नेपालकै पहिलो स्पोर्टस् सिटी घोषणा गरिएको छ । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा), राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट, स्थानीय खेलकुदका पदाधिकारीलगायतको उपस्थितिमा तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डले एक कार्यक्रमबीच तुलसीपुरलाई नेपालको पहिलो स्पोर्टस् सिटी घोषणा गरेका छन् ।

राखेपले तुलसीपुरलाई स्पोर्टस् सिटीका रूपमा विकास गर्न सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको थियो । उक्त कार्यदलले प्रतिवेदनसमेत तयार गरिसकेको छ । उक्त प्रतिवेदन मेयर पाण्डेलाई सोही कार्यक्रममा हस्तान्तरण गरिएको थियो ।