ब्राइट फ्युचरले पहिलो संकरणको गोल्डेनगेट फुटसल मेला इन्टरस्कुल च्याम्पियनसिपको उपाधि जितेको छ । फाइनलमा सहारा बोर्डिङ स्कुललाई ३–२ गोल अन्तरले पराजित गर्दै ब्राइट फ्युचरले उपाधि जितेको हो ।
ललितपुर च्यासलस्थित नेसनल स्पोर्टस् सेन्टरमा ब्राइट फ्युचरलाई उपाधि दिलाउन समर्पण आलेमगरले २ गोल र दिवस खड्काले एक गोल गरेका थिए । त्यस्तै, सहाराका अनिश केसी र सुन्दर मगरले एक–एक गोल गरेका थिए ।
च्याम्पियनसिपको उपाधिसँगै ब्राइट फ्युचरले २० हजार प्राप्त गरेको छ । उपविजेता बनेको सहाराले १० र तेस्रो भएको श्री महालक्ष्मी स्कुलले ५ हजार प्राप्त गरेको छ । व्यक्तिगत विधातर्फ उत्कृष्ट फरवार्ड श्री महालक्ष्मीका विनोद स्याङतान, उत्कृष्ट मिडफिल्डर सराहाका सन्देश मल्ल, उत्कृष्ट डिफेन्डर ब्राइट फ्युचरका दिवस खड्का, उत्कृष्ट गोलरक्षक ब्राइट फ्युचरकै पवन चौहान र उत्कृष्ट प्रशिक्षकमा सहाराका राजीव लामा चुनिए ।
यस्तै, सर्वाधिक गोलकर्ता दिव्य ज्ञानका दीपेन्द्र लामा घोषित भए । व्यक्तिगत विधामा उत्कृष्ट हुने खेलाडीले ट्रफ्री तथा प्रमाणपत्र प्रदान गरिएको थियो । च्याम्पियनसिपमा २६ टोलीको सहभागिता रहेको थियो । च्याम्पियनसिप नकआउट आधारमा खेलाइएको थियो ।
प्रतिक्रिया