अष्ट्रेलियाको गोल्ड कोस्ट ओपनमा नेपाललाई ५ स्वर्ण

अष्ट्रेलियाको गोल्ड कोस्ट ओपनमा नेपाललाई ५ स्वर्ण


अष्ट्रेलियामा भएको गोल्ड कोस्ट ओपन तेक्वान्दो च्याम्पियनसिपमा नेपालले ५ स्वर्ण, १ रजत र ४ कांस्य जित्न सफल भएका छन् । क्यारेरा इन्डोर स्टेडियममा जारी नवौँ गोल्डकोस्ट ओपनमा रन्जन श्रेष्ठ, पारस भण्डारी, प्रनिस गुरुङ, यङचेन शेर्पा र अभिनव शेर्पाले नेपाललाई स्वर्ण पदक दिलाए ।

रन्जनले ब्रेकिङमा स्वर्ण जित्दा ६९ केजीमुनी फाइटतर्पm भने रजत पदकमै चित्त बुझाएको उनका प्रशिक्षक विशाल रायमाझीले जानकारी दिए । अभिनवले भने १३ वर्षमूनिको पुम्सेमा स्वर्ण जितेका हुन् । अभिनवले फाइनलमा अस्ट्रेलियाका ब्लाके मुर्रेलाई हराएर स्वर्ण हात पारेका हुन् । त्यसअघि उनले क्वार्टरफाइनलमा अस्ट्रेलियाकै लियोनार्दो ब्रुजे र सेमिफाइनलमा अफगानिस्तानका ऐकन ग्रानिर अमुरलाई पराजित गर्दै फाइनलमा पुगेका थिए ।

गल्र्सतर्पmको यू–१५ मा पुम्सेमा यङचेनले स्वर्ण जितेकी हुन् । यङचेनले फाइनलमा क्यानाडाकी सोफी ओडेयालाई पराजित गरेर स्वर्ण पदक जितेकि थिइन । त्यसअघि उनले क्वार्टरफाइनलमा फ्रान्सकी क्रिस्टेल मोरे र सेमिफाइनलमा अस्ट्रेलियाकी इसाबेल पार्कलाई पराजित गरेकि थिइन् ।

गल्र्स यू–१५ पुम्सेमा नेपालकी सितु सिंह मास्केले कांस्य पदक हात पारिन् । क्वार्टरफाइनलमा क्यानडाकी एरिका डकिन्सलाई हराएकी सितु सेमिफाइनलमा अस्ट्रेलियाकी हन्नाह ड्रेजससँग स्तब्ध हुँदै कांस्यमा सीमित भइन् ।