बीकेएसपी कप यू–१८ बास्केटबल प्रतियोगितामा सहभागी हुन १२ खेलाडीसहित १७ सदस्यीय नेपाली टोली साउन १६ गते बंगलादेशको ढाका जाने भएको छ ।
खेलाडीमा निश्चल देवकोटा, राकेश श्रेष्ठ, मीन बुढामगर, ध्रुव विक, गोचेन शेर्पा, राजबहादुर स्याङ्तान, अनिल तामाङ, सुनील तामाङ, मनराज गुरुङ, हितेश गुरुङ, शीतल अधिकारी र रोशन तामाङ रहेका छन् ।
त्यस्तै प्रमुख प्रशिक्षकमा विनोद बुढाथोकी, सहायक प्रशिक्षकमा राजकुमार तामाङ, व्यवस्थापकमा रोहित डङ्गोल तथा अफिसियलमा लुम्बिनी एकेडेमीका प्रबन्ध–निर्देशक एवम् प्रिन्सिपल रविनचन्द्र कोइराला र निर्देशक युवराज मैनाली रहेका छन् । प्रतियोगिता अगस्ट २ देखि ५ तारिखसम्म सञ्चालन हुनेछ ।
प्रतिक्रिया