अन्तर्राष्ट्रिय करातेमा सरितालाई स्वर्ण

अन्तर्राष्ट्रिय करातेमा सरितालाई स्वर्ण


नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण पदक जितेकी छिन् ।

सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारूले जानकारी गराएका छन् ।