एक भारतीयको दृष्टिमा नेपालको राजनीतिक भविष्य

एक भारतीयको दृष्टिमा नेपालको राजनीतिक भविष्य


-टीपी पन्त
जापानको सर्वश्रेष्ठ अत्याधुनिक भौतिक प्रविधि, जो अहिले प्रकृतिका सामुन्ने असफल भएको छ र जापानका अत्याधुनिक भौतिक साधनबाट सम्पन्न जनता चिल्लाएर रोइरहेका छन् । यस्तो दशा देखेर जापानका एक मित्र जोसँग वरि्लन (जर्मनी)मा हाम्रो भेट भएको थियो, उनको शब्द ‘यदि मेरो जन्म नेपालमा भएको भए म युरोप या जापानमा रहनका लागि कहिल्यै आउने थिइनँ, मलाई निकै याद आइरहेको छ ।’ मेरो उनीसँग प्रश्न थियो, ‘तपाईंले नेपालमा त्यस्तो के देख्नुभयो जसका कारण तपाईं यति धेरै प्रभावित हुनुभयो ? अत्याधुनिक भौतिक प्रविधिको अभावका कारण नेपाली जनतालाई कमजोर, गरिब र लाचार नागरिकका रूपमा गणना गर्ने गरिन्छ । जबसम्म अन्य कुनै प्रविधिद्वारा भौतिक प्रविधि नियन्त्रित हुँदैन तबसम्म नेपालको जस्तो गरिब जनताको भविष्य भौतिक प्रविधिका आधारमा नै संसारलाई आफ्नो मुठ्ठीमा राख्न कोसिस गर्ने विकसित देशका नेताहरूको मुठ्ठीमा हुनसक्छ । उनले फेरि भने, ‘तथाकथित अत्याधुनिक भौतिक प्रविधिका कारण हामी प्रकृतिका विरुद्ध युद्ध लड्दै छौँ र यी सब प्रकृतिमाथि लगातार आक्रमण गर्दै छन् । जबसम्म प्रकृति चुप रहन्छ तबसम्म हामीलाई मानिसहरू विकसित, शक्तिशाली र सभ्य ठानिरहन्छन्, तर जुन दिन प्रकृतिले हामीमाथि आक्रमण गर्न सुरु गर्नेछ त्यस दिन प्रकृतिले हाम्रो तथाकथित भौतिक प्रविधिलाई अपाङ्ग गरिदिन्छ र हामी अपाङ्ग हुनेछौँ ।’
परन्तु, के नेपाल र भारतका नेता एवम् विद्वत् वर्गले यो सत्यलाई बुझन सकेका छन् – सत्य त यो हो कि यी दुवै देशका नेता एवम् विद्वान्ले आफ्नो हितलाई बुझन सकिरहेका छैनन् । यसका कारण नेपालमा भारतविरोधी त भारतमा नेपाल-अवहेलनाको भावना पालन पोषण भइरहेको छ, जुन दुवै देशको हितमा छैन । जुन दिन यी आफ्ना हितबारे बुझने हुन्छन् उसै दिन भारतवर्षलाई कुनै संयुक्त राष्ट्रसङ्घको स्थायी सदस्यताको लागि बिन्ती गर्नुपर्ने आवश्यकता पर्नेछैन । बरु स्थायी सदस्यता आफैं यिनको साथ आउनेछ । यसको कारण यो हो कि जुन चिज भारतवर्षसँग छ त्यो कसैसँग पनि छैन र जो चिज संसारसँग छ त्यस चिजलाई भारतवर्षले सजिलै हासिल गर्न सक्दछ ।
आज नेपालका नेता एवम् विद्वान् वर्ग नयाँ संविधान निर्माणमा लागेका छन् । हामी नेपाली जनतालाई यो भन्न चाहन्छौँ कि आगामी संविधान बन्नुभन्दा पहिले खगोलीय संविधानको ढाँचाका बारेमा चिन्तन-मनन गरियोस् र यस्तो संविधान बनाइयोस् जुन,
१. खगोलीयन संविधानको ढाँचाको होस्,
२. जुन मानव समाज परिवर्तनको नैर्सर्गिक नियमअनुसारको होस्,
३. जुन मानव समाज र ब्रह्माण्डीय पिण्डको भिन्नभिन्न अस्तित्वको परिभाषित गर्न सक्षम होस्,
४. जुन नेपालको आफ्नो सुन्दर भौगोलिक एवम् प्राकृतिक सम्पन्नता, सामाजिक समन्वयता, स्वतन्त्रता, वैचारिकता र धार्मिक सहिष्णुता आदि जस्ता हितमा आधारित होस्,
५. जुन भिन्नभिन्न मानवीय र सामाजिक मूल्य-मान्यताको बीच सन्तुलनको स्थिति कायम राख्नका लागि आवश्यक सन्तुलनवादमा आधारित होस्,
६. जसद्वारा चीनजस्तो वैचारिक गुलामीमा आधारित राष्ट्र-व्यवस्थाबाट सबक लिँदै उसको पुनरावृत्ति नहुने प्रकारको होस्,
७. जसद्वारा भारतजस्तो आर्थिक गुलामीमाथि आधारित राष्ट्र-व्यवस्थासँग पनि सबक लिँदै उसको पुनरावृत्ति नहोस् भन्नेमा सचेत होस्,
८. जुन भ्रष्टाचार र आतङ्कवादबाट ग्रसित भएका कारण असन्तुलित वैश्विक समाजलाई सन्तुलित स्थितिमा लैजानका लागि एक नमुना बन्न सकोस् र,
९. जुन बुद्ध र बुद्धत्वको शान्ति सन्देशसँग जोडिएको नेपाल र भारत साथसाथ दक्षिण एसियालाई शान्तिक्षेत्रमा परिणत गर्नका लागि एवम् विश्वमा शान्ति स्थापनाका लागि प्रेरणास्रोत बन्न सकोस् ।
यद्यपि आज नेपाल भौतिक प्रविधिमाथि आधारित चीनको वैचारिक गुलामी र भारतको आर्थिक गुलामीमाथि आधारित दुई भिन्नभिन्न राष्ट्र-व्यवस्थाद्वारा आ-आफ्नो स्वार्थका लागि बीचमा निचोरिएको छ । परन्तु, जापानको घटनाले यस कुराको सङ्केत गरिरहेको छ कि भौतिक प्रविधि नै जीवनको प्रथम र अन्तिम लक्ष्य ठान्ने राष्ट्रका राष्ट्र-व्यवस्थालाई खगोलीय संविधानमुताबिक प्रकृतिमा सन्तुलन कायम गर्नका लागि प्रकृति स्वयम्ले ढालिदिन सक्छ । त्यसपछि नेपाल चित्त-प्रविधिको साथ संसारमा खडा हुन सक्दछ । चीनको क्रियाकलाप देखेर त यस्तो लाग्छ कि चीन वैश्विक रूपमै भारतमाथि आक्रमण गर्ने उपयुक्त मौकाको ताकमा छ । यदि नेपालको राष्ट्रपति र प्रधानमन्त्री दुवै पदमा माओवादी आयो भने चीनको सेनाले भारतमाथि आक्रमण गर्नका लागि नेपालमा अखडा जमाउन सक्छ । नेकपा माओवादी नेपालमा चीनको सेना भित्र्याउनका लागि उपयुक्त वातावरण बनाउने कोसिसमा लागेको छ । के माओवादी नेपाललाई भारत र चीनबीचको युद्धक्षेत्र बनाउन चाहन्छ – चीन र भारत आ-आफ्ना हितअनुकूल समानान्तर रूपमा अघि बढ्दा नै विश्वको कल्याण हुनसक्छ । र, यस्तो भएमा मात्र मानवताको भविष्य सुरक्षित हुनसक्छ । यदि चीन कुनै पनि कारणले हिमालयभन्दा तलतिर आयो भने निश्चित रूपमा त्यो चीनको दुर्भाग्यको कारण बन्नेछ । त्यस्तो भएमा चीनले बढीमा केही वर्षका लागि दक्षिण एसियाका बासिन्दालाई रुवाउन त सक्ला, परन्तु यसका कारण चीनले कैयन शताब्दीसम्म रुनुपर्नेछ । नेपाली राजनीतिलाई हामीले अहिलेसम्म मात्र पर्यवेक्षकको रूपमा हेरिरहेका छौँ । प्रकृतिमा जुन किसिमको परिवर्तन आइरहेको छ त्यसअनुसार हामी त केवल उपयुक्त समयको प्रतीक्षामा छौँ ताकि प्राकृतिक रूपमा विश्वको मुकुट भनिने देश, मानवताका साथ वैश्विक शान्तिको प्रेरणा-स्रोत बन्न सकोस् ।
-लेखक जियो जागो फाउन्डेसन भारतका अध्यक्ष हुनुहुन्छ, उहाँको यो लेख अप्रिल १३, बुधबारको पञ्जाव केशरी दैनिकबाट साभार गरिएको हो ।)