फुटभलीमा नेपालले एसियन च्याम्पियन खेल्ने

फुटभलीमा नेपालले एसियन च्याम्पियन खेल्ने


फुटभलीमा एसियन च्याम्पियनसिप खेल्ने नेपाली खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका छन् ।

सो अवसरमा फुटभली संघ केन्द्रीय अध्यक्ष मनीष जोशी, महासचिव बद्री भट्टराईलगायतका पदाधिकारीहरूले खेलाडीलाई शुभकामना दिँदै सफलताको कामना गरेका थिए । थाइल्यान्डमा हुने प्रतियोगिताका लागि नेपाली टोलीको नेतृत्व प्रियालक्ष्मी कार्कीले गरेकी छन् भने व्यवस्थापकमा सृष्टि काफ्ले रहेकी छन् ।

प्रतियोगितामा खेलाडी सागर श्रेष्ठ, विजय श्रेष्ठ, बुद्ध डंगोल, आदर्श डंगोल रहेका छन् । ७ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा एसियाका १९ राष्ट्रहरू सहभागी हुने संघका महासचिव बद्री भट्टराईले जानकारी गराएका छन् ।