इन्डोनेसियामा हुने १८औँ एसियाली खेलकुदको तयार गर्न नेपाली ट्रायथलन टोली वैदेशिक प्रशिक्षणका लागि साउन १६ गते बुधबार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ ।
अगस्ट ३१ देखि सेप्टेम्बर २ तारिखमा पालेम्वाङमा हुने ट्रायथलनमा नेपालले मिक्स टिम रिलेमा प्रतिस्पर्धा गर्नेछ । नेपालको खेल भने सेप्टेम्बर २ तारिखमा छ । ३ सय मिटर पौडी, ६.३ किलोमिटर साइक्लिङ र २.१ किलोमिटर दौडमा प्रतिस्पर्धा हुनेछ । नेपाली टोली अगस्ट २९ का दिन सीधै पालेम्वाङ जानेछ ।
खेलाडी टोलीमा वसन्त थारू, दीपेश चौधरी, रोजा केसी र सोनी गुरुङ रहेका छन् । प्रशिक्षकमा पुष्परत्न बज्राचार्य छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिदाइ गरेका थिए ।
प्रतिक्रिया