उचिदेची तालिममा सहभागी हुन आईकेओ क्योकुसिन काइकान कराते संघ नेपालका ३ खेलाडी फिलिपिन्सको मनिला प्रस्थान गरेका छन् ।
अगस्ट ३ देखि सेप्टेम्बर ३ तारिखसम्म हुने तालिममा रविन राना, विजय सिंह र सुमन घिसिङले सहभागिता जनाउनेछन् । उनीहरूलाई फिलिपिन्स क्योकुसिनका ब्रान्च चिफ स्टेफनले प्रशिक्षण दिनेछन् । सोही दौरान खेलाडीले थाइल्यान्ड र सिंगापुरमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत सहभागिता जनाउने बताइएको छ ।
टोलीलाई संघका सल्लाहकारसमेत रहेका नेपाल कराते महासंघअन्तर्गत रेफ्री काउन्सिलका संयोजक राजेन्द्र कपाली र ब्रान्च चिफ कान्छालाल वाइबाले बिदाइ गरेका थिए ।
प्रतिक्रिया