अञ्जु क्रिश्चियन भएपछि…

अञ्जु क्रिश्चियन भएपछि…


funtimeअहिले गायिका अञ्जु पन्त जुन स्थानमा छिन्, त्यसमा पुग्न उनलाई विशुद्ध रूपमा नेपाली गीत–सङ्गीतले नै साथ दिएको हो । नेपाली श्रोताहरूलाई उनले जति धन्यवाद दिए पनि पुग्दैन । नाम, दाम, चर्चा, देश–विदेश अनि उचाइ र सम्मान अञ्जुलाई अन्य भाषा अनि धर्म र संस्कृतिमाथि गीत गाएर मिलेको होइन, नेपाली भाषाकै आधुनिक, लोक तथा धार्मिक गीत गाएर मिलेको हो ।
तर, निकै शालीन, भद्र र सभ्य गायिका भनेर चिनिने अञ्जुलाई आजभोलि कुन्नी के भएछ, अलि आवेगमा आउन थालेकी छिन् । धार्मिक गीत भनेपछि पारिश्रमिक पनि घटाएर गीत गाउन तयार हुने अञ्जु अहिले धार्मिक गीतको त कुरै नगरौँ, आधुनिक गीतमा पनि कुनै भगवान्को नाम रहेछ भने ‘यो गीत गाउन्न’ भनेर गीत नै नगाएर छोड्न थालेकी छिन् । स्टुडियो बुक गरेर सङ्गीतकार वा म्युजिसियन तयार भएर बस्दाको अवस्थामा अञ्जु स्टुडियोमा छिर्छिन् अनि शब्द हेर्दा भगवान्को नाम रहेछ भने ‘यो गीत गाउँदिनँ’ भन्न थालेकी छिन् । यो साता मात्र उनले थुपै्र सङ्गीतकार, गीतकार अनि स्टुडियोलाई अलपत्र पारिन् ।
कुनै समय पूर्ण रूपमा भगवान्प्रति आशा, भरोसा र विश्वास गर्ने अञ्जु हरेक दिन बिहान पशुपति पनि जान्थिन् । तर, अहिले यिनै अञ्जु आफ्ना पूर्वपति र पशुपति दुवैको नाम लिन चाहन्नन् । किन त ? यसो बुझ्दा गाँठी कुरो त अर्कै पो रहेछ । उनी पनि कुन्ने के लोभ, प्रलोभन वा आश्वासनमा लागेर हो क्रिश्चियन पो भइसकेकी रहिछिन् । अनि क्रिश्चियनले कसरी हिन्दू भगवान्को नाम लिएर गीत गाउँछन् त ? कुरो त यो पो रहेछ, पछि पो थाहा पाइयो ।
क्रिश्चियन भएपछि मन्दिर नजानु अनि हिन्दू धर्मावलम्बीहरूको भगवान्लाई नमान्नु अर्कै कुरा हो, तर आफ्नै पेसामा लात्ती हान्ने काम गर्नुपर्छ र भन्या अञ्जुजी ? कर्मशील र मिहिनेत अनि मिहेनतीलाई त जुन धर्मले पनि स्यावासी र क्याबात भन्छन् होइन र ? धर्मले पनि यो काम गर्नुहुन्न, योसँग बोल्नुहुन्न, यसले छोएको खानुहुन्न भन्छ र ? यो कुराचाहिँ अलि पचेन कि ?

टिकट खोज्दै भुवन ओलीको घरतिर
रसरंगको मामिलामा निकै अगाडि छन् अभिनेता भुवन केसी । अँ साँच्चै अहिले त भुवनको नाम अगाडि विशेषण पनि थपिएको छ रोमान्स किङ हिरो भनेर । उनी दङ्ग पनि छन् आफ्नो चरित्रअनुसारको विशेषण पाइयो भनेर । तर, केही समययता आएर भने उनमा अहिले अर्कै चटारो थपिएको छ । उनलाई रोमान्स गर्न या फिल्म खेल्नतिर त्यति चासो छैन । कसले कुन बेला नेता बन्नुपर्छ भनेर दिमागमा के कुरा हालिदिएछ कुन्नी ? उनी दिनरात यसमै लागिपरेका छन् । नेता बन्ने भूत दिमागमा बसेपछि सोचविचार नै नगरी एमालेमा छिरेका भुवन अहिले एमालेको पार्टी कार्यालय बल्खुतिर नभएर एमाले नेता केपी ओलीको घर भक्तपुरको बालकोटतिर भेटिन थालेका छन् । भुवन एमालेमा प्रवेश गरेको थाहा नहुने उनका साँच्चैका फ्यानहरूले त केपी ओलीको घरमा सुटिङ हुन थालेछ कि क्या हो भनेर सोधखोज पनि गरेछन् । पछि भुवन त्यहाँ सुटिङ गर्न नभएर नेता बन्न आएको थाहा पाएपछि ‘ए भुवन पनि उस्तै…’ भनेर नाक खुम्च्याएछन् ।
अर्को कुरा के अचम्म छ भने भुवन ढिला १२–१ बजे सुत्ने अनि बिहान ११ बजे उठ्ने हिरो हुन् । यो कुरा सबैलाई थाहा छ । तर, आजभोलि बिहान आठ बजे भुवनको घरमा पुग्यो भने पनि उनी भेटिँदैनन् । त्यसैले त भुवनका छोरा अनमोल केसी भन्न थालेका छन्, ‘आजभोलि ड्याडीलाई खुव जाँगर चलेको छ । चुवाव जित्नुहुन्छ कि क्या हो ?’ आफू हिरो भएको सिनेमा हलतिर लाग्दा पनि आफ्नो ड्याडीले हेर्ने नगएर प्रक्रिया नदिएकोमा अनमोलको आफ्नै रिस छ बाबुप्रति । तर, बाबु भने आजभोलि सिनेमाहल र सिनेमाको सुटिङतिर भन्दा नेताको घरतिर बढी भेटिन थालेका छन् । पछिल्लो जानकारीअनुसार भने यदि चुनाव हुने नै भयो भने भुवनले काठमाडौंबाटै आफूलाई प्रत्यक्ष रूपमा टिकट दिनका लागि आग्रह गरेका छन् । तर, पार्टीले भने समानुपातिकमा राख्छु भनेपछि भुवन ‘समानुपातिमा म गर्व गर्दिनँ । त्यसमा मेरो अस्तित्व र उचाइ अनि क्षमता पनि देखिँदैन । प्रत्यक्षतर्फ नै उठ्छु’ भन्न थालेका छन् ।

क्यासको अभावमा संगीतको शरण
हुन त अभिनयमार्फत सिनेमाको पर्दामा देखिने उनको ठूलो सपना थियो । त्यही सपना सङ्गालेर राजेन्द्र श्रेष्ठ हानिए भारततिर । तर, भारत पुगेपछि उनको सोचमा परिवर्तन आयो । भक्तपुरमा स्थायी बसोबास गर्ने राजेन्द्रको सोचमा कस्तो परिवर्तन आयो त ? उनले बेलिविस्तार यसरी लगाए, ‘म अभिनय सिक्न गएको थिएँ । तर, आर्थिक अभावका कारण अभिनय नसिकेर सङ्गीतको प्रशिक्षणतिर लागँे । मुम्बईको गन्धर्व महाविद्यालयमा सङ्गीत सिक्न सुरु गरँे । यो करिब दश वर्षअघिको कुरा हो,’ उनले विगत सम्झिए ।
आज सङ्गीत सिकेर राम्रै गरँे भन्ने आभाष भने उनलाई मिलेको छ । दश वर्ष सङ्गीत सिकेर नेपाल फर्किएका राजेन्द्र श्रेष्ठलाई अहिले साँच्चै भ्याइनभ्याई नै छ । यसबीचमा के–के गरे त उनले ‘कारबाही, सुपारी, लुकीलुकी, धर्मयुद्धलगात एक दर्जन चलचित्र र आधा दर्जन एल्बममा संगीत दिइसकेको छु । म अब यही क्षेत्रमा जम्न सक्छु भन्ने मलाई विश्वास छ,’ उनले आत्मविश्वास व्यक्त गरे । आफूले सङ्गीत दिएको एल्बममध्ये राजन आचार्यको वनभोज– २ एल्बमबाट बढी नै आशावादी छन् उनी ।

‘उदय’को प्रदर्शनीमा मन्त्रीको प्रतिबद्धता
अनाथ बालबालिकाका विÈयमा तयार पारिएको वृत्तचित्र ‘उदय’ एक समारोहबीच राजधानीमा प्रदर्शन गरिएको छ । अनाथ बालबालिका सङ्घ नामक गैरसरकारी संस्थामा आश्रित बालबालिकाका दैनिकी एवम् उनीहरूले हासिल गरेका शिक्षालगायतका विषय समेटिएको सो वृत्तचित्र भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री छविराज पन्तको विशेष उपस्थितिमा जमलस्थित राष्ट्रिय नाचघरमा गत साता प्रदर्शन भएको हो । अनाथ बालबालिका सङ्घको १६औँ वार्Èिकोत्सवका अवसरमा आयोजित उक्त कार्यक्रमबीच वृत्तचित्र हेरेपछि मन्त्री पन्तले समाजमा रहेका अनाथ बालबालिकालाई सरकारी तथा व्यक्तिगत तवरमा पनि सहयोग गर्न आफू प्रेरित भएको अभिव्यक्ति दिए । सो अवसरमा अनाथ बालबालिका सङ्घबाट गत वर्Èको एसएलसी परीक्षामा प्रथम र द्वितीय श्रेणीमा उत्तीर्ण हुने आठ छात्रछात्रालाई सम्मान गर्दै मन्त्री पन्तले मुलुकमा ३४ हजार गैरसरकारी सङ्घ/संस्था सञ्चालनमा रहेको उल्लेख गरे । यीमध्येको एक संस्था ‘अनाथ बालबालिका सङ्घ’ले उदाहरणीय काम गरेकोमा उनले विशेष प्रशंसा गरे । हाल विभिन्न जिल्लाका ३४ बालबालिकाले अध्ययन गरिरहेको सो संस्थाकी अध्यक्ष रीता राई हुन्, जसले १६ वर्षअघि आफ्ना गहना बेचेर अनाथालय सञ्चालन गरेकी थिइन् ।
कार्यक्रममा बालकल्याण समितिका अध्यक्ष डिल्लीराज गिरीले बाल दिवसको अवसर पारेर समितिले विभिन्न रचनात्मक कार्यक्रम गरिरहेको जनाउँदै अनाथ बालबालिका सङ्घजस्ता संस्थामा आश्रित बालबालिकालाई सहयोग गर्ने प्रतिबद्धता जनाए भने हिन्दू विद्यापीठका संस्थापक अध्यक्ष चिन्तामणि योगी, सङ्घकी अध्यक्ष रीता राई, सदस्य राजु केसीलगायतले सङ्घले हालसम्म गरेका कार्यका विÈयमा प्रकाश पारेका थिए ।