एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित

एकदिवसीय क्रिकेटमा नेपालको ऐतिहासिक जित


एकदिवसीय क्रिकेटमा नेपालले पहिलो जित हात पारेको छ । एकदिवसीय मान्यता पाएपछिको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्समाथि एक एक रनको रोमाञ्चक जित निकालेको हो ।

नेपालले नेदरल्याण्डलाई दोस्रो एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा १ रनले पराजित गर्दै श्रृखंला ११ले बराबरी गरेको हो । प्रतिस्पर्धात्मक खेलमा नेपालले ५०औं ओभरको अन्तिम बलमा डच खेलाडीलाई रनआउट पार्दै जित हात पारेको हो ।

एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटमा ऐतिहासिक जित हासिल गर्ने क्रमको अन्तिम ओभरमा नेदरल्याण्डलाई जितकालागि ६ रन चाहिएको अवस्थामा कप्तान पारस खड्काले ४ रन मात्र खर्चेर नेपाललाई १ रनको जित दिलाएका हुन् ।

टस जितेर पहिले ब्याटीङ रोजेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा सबै विकेट गुामउँदै २१६ रन बनाएको थियो। नेपालकालागि सोमपाल कामीले ४६ बलमा ५ चौका र ३ छक्काको मदतले ६१ रन बनाएका थिए । नेपालकालागि अन्तराष्ट्रीय एकदिवसीय क्रिकेटमा उच्च ब्यक्तिगत रनको रेकर्ड सोमपालको नाममा रहने भएको छ। यसअघि पारस र ज्ञानेन्द्र मल्लले ५१(५१ रन बनाएका छन्।

यस्तै, कप्तान पारस खड्काले ६९ बलमा २ छक्का र ६ चौकाको मदतले ५१ रनको योगदान दिएका थिए । सुवास खकुरेल र दिपेन्द्र सिंह ऐरीले १९१९ रन बनाएका थिए ।
नेपालकालागि सन्दिप लामिछानेले ३ विकेट लिएका थिए भने ललित सिंह भण्डारीले २ विकेट हात पारेका थिए। त्यसैगरि सोमपाल कामी, पारस खड्का, बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले ११ विकेट लिएका थिए ।

उता, नेदरल्याण्डले शुरु देखि कसिलो बलिङ गर्दै नेपाललाई दवाबमा राखेको थियो । एक समय ८८ रनमा ५ विकेट गुामईसकेको नेपालले पारस र सोमपालको सुझबुझपुर्न ब्याटीङले सम्मानजनक स्कोर बनाउन सफल भएको थियो । नेदरल्याण्डका फ्रेड क्लासेनले ३ विकेट लिएका थिए ।