तपाईंको दृष्टिमा

तपाईंको दृष्टिमा


नेपालको विज्ञापन व्यवसायमा अग्रपङ्क्तिमा आउने एक कम्पनी हो वेलकम एड्भर्टर्ााजङ, र वेलकम एड भन्नेबित्तिकै सम्बन्धित क्षेत्रमा थोरै मात्र ज्ञान राख्नेले पनि सम्झने नामका रूपमा स्थापित भएका छन् निर्मलराज पौडेल । बाइस वर्षअघि विज्ञापन व्यवसायमा फालहान्दा नै आफूले एउटा उचाइ छुनेमा विश्वस्त थिए निर्मल । कुनै काममा हात हालेपछि त्यसमा पूरै डुब्ने, त्यसैमा बगाएको पसिनाबाट सफलताको सिँढी पनि चढ्ने र कामको आनन्द पनि लिने मिहिनेती र आत्मविश्वासी स्वभावले नै निर्मललाई आजको स्थान दिलाएको हो । बहुमुखी प्रतिभाका धनी निर्मल स्कुल तथा कलेजका दिनदेखि नै चर्चामा रहे, एक कलाकारका रूपमा । त्यसबेला प्यारोडी गायक रतन सुवेदीसँग निर्मलको जोडी निकै जमेको थियो । प्यारोडी गायनलाई रक, पप र र्‍यागी गीतको लयमा ढालेर लोकप्रियताको शिखर चढाएको थियो निर्मल-रतन जोडीले । निर्मलले सिनेमामा अभिनय पनि गरे कमेडियनका रूपमा, तर आज उनको पहिचान विज्ञापन फिल्डका हस्तीका रूपमा नै बनेको छ । ँवेलकम’द्वारा सिरि्जत सयौँ विज्ञापनले टेलिभिजनका पर्दा चम्किरहेका हुन्छन्, जसमा अधिकांशतया निर्मलकै कन्सेप्टले मर्ूतरूप लिएको हुन्छ । नेपाल विज्ञापन व्यवसायी सङ्घको निर्वाचित अध्यक्षका रूपमा समेत दर्बिलो प्रभाव छोडिसकेका निर्मलले सो पदको आकर्षण बढाउने शैलीमा निकै पसिना बगाए । यतिखेर उनको परिचयमा नयाँ आयाम थपिएको छ- नेपाल उद्योग वाणिज्य महासंघका निर्वाचित कार्यसमिति सदस्य । जीवन र जगत्सँग सम्बन्धित सवालहरूमा बहुआयामिक युवा उद्यमी निर्मलराज पौडेल यसरी प्रस्तुत भए-

० जीवन के हो ?
– अविरल यात्रा ।
० प्रेम के हो ?
– अनुभूति ।
० सुन्दरता के हो ?
– मनको चाहना ।
० मन के हो ?
– आफैंमा एक रहस्य ।
० भावना के हो ?
– संवेग ।
० विवाह के हो ?
– दुई आत्माको प्रतिबद्धता ।
० बन्धन के हो ?
– अनुशासन ।
० अपमान के हो ?
– आत्मसम्मानमा चोट ।
० इज्जत के हो ?
– आत्मसम्मानमा स्वीकार ।
० बेइज्जति के हो ?
– अपमान ।
० मिलन के हो ?
– मधुरता ।
० विछोड के हो ?
– पीडा ।
० जवानी के हो ?
– जीवनको एक कालखण्ड ।
० बालपन के हो ?
– निर्दोषपना ।
० तृष्णा के हो ?
– अतृप्त प्यास ।
– रिस के हो ?
– अनियन्त्रित आवेग ।
० जोस के हो ?
– उत्साह ।
० नसा के हो –
– एकप्रकारको तल ।
०र् कर्तव्य के हो –
– जिम्मेवारीपनको आभास ।
० यौन के हो –
– दुई आत्माको शारीरिक एकता ।
० सन्तुष्टि के हो ?
– जीवनको सही उत्सव ।
० सिर्जना के हो –
– नयाँपनको सुरुवात ।
० विश्वास के हो ?
– बाँच्ने आधार ।
० असल के हो ?
– जीवनप्रतिको सकारात्मक दृष्टि ।
० खराब के हो ?
– जीवनप्रतिको नकारात्मक दृष्टि ।
० सबभन्दा ठूलो धोखा के हो ?
– विपरीत व्यवहार ।
० दुःख के हो ?
– सुखको कमी ।
० सुख के हो –
– भौतिक आनन्द ।
० खुसी के हो ?
– समुच्च चेतना ।
० आनन्द केमा छ ?
– वास्तविक खुसीमा ।
० मित्र को हो ?
– हरेक कदमको सहयात्री ।
० शत्रु को हो ?
– जसले हानि गर्छ ।
० सङ्घर्ष के हो ?
– जीवनप्रतिको आस्था ।
० प्राप्ति के हो ?
– कुनै वस्तु आफ्नो नियन्त्रणमा लिनु ।
० आस्था के हो ?
– विश्वासको उच्च स्वरूप ।
० धर्म के हो ?
– कुनै सिद्धान्त धारणा गर्नु ।
० नैतिकता के हो ?
– सही र गलत चिनारी ।
० चरित्र के हो ?
– व्यक्तिको पहिचान ।
० ज्ञान के हो ?
– जीवनलाई परिमारिजत गर्ने शक्ति ।
० बुद्धि के हो ?
– जीवनलाई सहज बनाउने खुवी ।
० सम्झौता के हो ?
– लचकता ।
० सृष्टि के हो ?
– सिर्जनाको सर्वोत्कृष्ट उदाहरण ।
० गुरु को हो ?
– मार्गदशक ।
० राजनीति के हो ?
– जनतालाई नियन्त्रण गर्ने योजना ।
० देश के हो ?
– सजीव भूगोल ।
० समाज के हो ?
– सामूहिकता ।
० पद के हो ?
– व्यक्तिको सक्षमताको प्रतीक ।
० विकास के हो ?
– परिमारिजत स्वरूप ।
० व्यापार के हो ?
– नाफाको खोजी ।
० अनुशासन के हो ?
– आत्मानियन्त्रण आफू अनि समाजको लागि ।