सदस्यसचिव विष्ट इन्डोनेसियामा

सदस्यसचिव विष्ट इन्डोनेसियामा


राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्ट साउन २१ गते सोमबार इन्डोनेसियाको जकार्ता प्रस्थान गरेका छन् । विष्ट एसियाडमा सहभागी हुने नेपाली टोलीको सेभ दी मिसन रहेका छन् ।

अगस्ट ७ तारिखमा जकार्तामा हुने सेभ दी मिसनको बैठकमा सहभागी हुन सदस्यसचिव विष्ट त्यसतर्फ प्रस्थान गरेका हुन् । सदस्यसचिव विष्टसँगै नेपाल ओलम्पिक कमिटीका सुजनलाल श्रेष्ठ पनि इन्डोनेसिया प्रस्थान गरेका छन् । भदौ २ गतेदेखि सुरु हुने एसियाडमा नेपालले विभिन्न २९ खेलमा सहभागिता जनाउँदै छ ।