प्रथम ओप्स अन्तरविवद्यालय फुटसल प्रतियोगिताको उपाधि सामाखुसी बोर्डिङ स्कुल (सेब)ले जितेको छ । फाइनल खेलमा सेबले प्रगति हाइस्कुललाई ५–२ गोल अन्तरले हराउँदै उपाधि जितेको हो । सेबका लागि सुवास तिम्सिनाले ह्याट्रिक पूरा गर्दा उमेश विकले २ गोल गरेका थिए । प्रगति हाइस्कुलका लागि अर्जुन राईले २ गोल फर्काएका थिए ।
प्रतियोगितामा प्रगतिका खेलाडी अर्जुन राई उत्कृष्ट खेलाडी चुनिए । सेबका उमेश विकले हाइस्कोरर र बेस्ट स्ट्राइकरको उपाधि हात पारे । सेबकै सफलसेन ठकुरी उत्कृष्ट मिडफिल्डर भए । सिर्जना ज्ञानसागरका अनिलबहादुर गुरुङले उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका थिए ।
जीवनको मूल आधार शिक्षा र खेलकुद भन्ने नाराका साथ सञ्चालन भएको प्रतियोगिताको विजेता टिमलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य बद्री अधिकारी, आयोजक संस्था ओप्सका अध्यक्ष एवम् हिमरश्मी स्कुलका प्रिन्सिपल लोकेन्द्रबहादुर खड्का, प्रतियोगिता संयोजक एवम् एन्जल्सहार्ट स्कुलका प्रिन्सिपल धनबहादुर पुनलगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए । लिगकम नकआउटका आधारमा सञ्चालन भएको प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो ।
प्रतिक्रिया