काठमाडौं विद्या कुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) को आयोजनामा दोस्रो केभीकेएसएस अन्तरविद्यालय बास्केटबल प्रतियोगिता साउन २३ गते बुधबारदेखि सञ्चालन भएको छ ।
प्रतियोगितामा ब्वाइजतर्फ २४ र गल्र्समा १६ गरी ४० टिमको सहभागिता रहने केभीकेएसएसका प्रिन्सिपल प्रेमप्रसाद कँडेलले आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइज टिमलाई ८ समूह र गल्र्सलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइनेछ ।
प्रिन्सिपल कँडेल विद्यालयबीचको आपसी सम्बन्धलाई अझ सुमधुर बनाउन र विद्यार्थीलाई पढाइमा मात्र नभई अतिरिक्त क्रियाकलापमा पनि अब्बल बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।
प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख ५० हजार रुपैयाँ खर्च हुने केभीकेएसएसका भाइस प्रिन्सिपल दीपक उपाध्यायले जानकारी दिए । नौदिने प्रतियोगिताका खेलहरू टोखास्थित आयोजककै कोर्टमा हुनेछ । पहिलो संस्करणमा ह्याप्पी हिमालय चाइल्ड एकेडेमी (एचएचसीए) ब्वाइज र गल्र्स दुवैमा च्याम्पियन बनेको थियो ।
प्रतिक्रिया