इन्डियन जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन चार पुरुष खेलाडीसहित पाँच सदस्यीय नेपाली टोली भारतको पुना प्रस्थान गरेको छ । अगस्ट ९ देखि १२ तारिखसम्म हुने प्रतियोगितामा प्रफुल महर्जन, रुकेश महर्जन, प्रिन्स दाहाल र पविन लिङथेपले प्रतिस्पर्धा गर्नेछन् । मेघराज कठायतले प्रशिक्षक तथा व्यवस्थापक दुवैको भूमिका निर्वाह गर्नेछन् ।
१६ राष्ट्रको सहभागिता रहने प्रतियोगितामा नेपालले सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्ने नेपाल ब्याडमिन्टन संघका उपमहासचिव लवभक्त श्रेष्ठले जनाएका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य वीरेन्द्र श्रेष्ठ, राखेपअन्तर्गत तालिम तथा प्रशिक्षण विभागका निर्देशक रिम रानाभाट, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलगायतले बिदाइ गरेका थिए ।
प्रतिक्रिया