‘आँखा लगाउनेलाई गनिँदैन’

‘आँखा लगाउनेलाई गनिँदैन’


funtimeदमौली तनहुँकी अनुमति नेपाली यतिबेला काठमाडौंमा छिन् । कलाकार बन्ने उद्देश्य बोकेर काठमाडौं छिरेकी अनुमति आफ्नो सफल कलाकार बन्ने सपना जसरी पनि पूरा गर्ने विश्वास व्यक्त गर्छिन् । हाल कान्तिपुर टेलिभिजनको चर्चित हास्यशृङ्खला ‘हर्के हवल्दार’मा गतिलै भूमिकामा देखापर्दै आएकी अनुमतिसँग यसपटक रमाइलो कुराकानी गरिएको छ ।
० अब कलाकार बनियो त ?
– केही हदसम्म त बनियो ।
० यति भए पुग्छ त ?
– कलाकारितामा निखार ल्याउन भने बाँकी नै छ ।
० कलाकार बन्ने सोचचाहिँ कसरी आयो नि ?
– सानैदेखिको रहर थियो । त्यो रहर पूरा गर्दै छु ।
० कलाकार भएपछि के हुँदोरहेछ त ?
– एक त इच्छा पूरा भयो । अर्को कुरा मान्छेहरूको हाई–हाई पाइँदोरहेछ ।
० हाई–हाईले मात्र पुग्छ त ? पैसा नि ?
– अहिले त हाई–हाई नै हो नि । पैसा त पछि कमाइहालिन्छ नि ।
० अवसर दिने निहुँमा अनुमतिलाई आँखा लगाउनेहरू कत्तिको छन् नि ?
– आँखा लगाउनेहरू त धेरै छन् नि । तर बाल गनिँदैन ।
० किन नगनेको नि ?
– किन गन्नु ? पहिले त क्यारियर बनाउनुप-यो नि ।
० सेक्स के हो ?
– बुझ्नेलाई श्रीखण्ड नबुझ्नेलाई खुर्पाको बिँड ।
० अहिलेसम्म यसको अनुभव ?
– आम्मै † के भनेको ? छैन यसको अनुभव ।
० अनुभव गर्न मन लाग्दैन त कहिलेकाहीँ ?
– त्यसतर्फ सोच–विचार केही पनि छैन । पहिले चलचित्र क्षेत्रमा बबाल मच्चाउनुप-यो नि ।

नम्रताका परिन् तानातानीमा
एक समय झन्डैझन्डै कलाकारिता क्षेत्रबाट पलायनकै अवस्थामा पुगिसकेकी थिइन् अभिनेत्री नम्रता श्रेष्ठ । त्यतिबेला विवादमा व्यापक रूपमा तानिइन् उनी । त्यो अवस्थामा विचलित नभईकन आफूलाई सम्हाल्दा नम्रताका आगामी दिन सुखमय हुने देखिएको छ ।
अब भने नम्रताको व्यस्तता क्रमश: बढ्दै जान थालेको छ । एकातिर उनले अभिनय गरेका चलचित्र रिलिज हुँदै छन् भने अर्कोतर्फ नयाँ–नयाँ चलचित्रका काममा उनी व्यस्त हुँदै छिन् । अहिले आफ्नै गृहनगर धरानमा चलचित्र ‘नोभेम्बर रेन’को छायाङ्कनमा व्यस्त नम्रता बितेको गल्तीलाई सम्झिन चाहन्नन् । उनले भनिन्, ‘पहिले के भो अनि कस्तो भयो ? म बिर्सेर पनि सम्झिन चाहन्नँ । अब भने आफ्नो कलाकारितालाई नयाँ किसिमले अगाडि बढाउनेछु ।’
नम्रताले अभिनय गरेका दुई चलचित्र मौन र मेघा प्रदर्शन हुँदै छन् भने अन्य नयाँ–नयाँ चलचित्रबाट उनलाई अफर आइरहेका छन् । पहिले यस्ती र उस्ती भनेर नम्रताको खिल्ली उडाउनेहरू नै अहिले नम्रतालाई आफ्नो सिनेमामा राख्न तानातान गर्न थालेका छन् । यसबाट पनि के प्रस्टिन्छ भने सहन सकियो भने र धैर्यता भयो भने एक दिन अवश्य दिन फर्कन्छ ।
आफ्नो झन्डै गुम्न लागेको साखलाई बचाउन सफल भएकी नम्रता अब सिनेमा पनि छानेर मात्र खेल्ने कुरा बताउँछिन् ।

तात्यो चलचित्रकर्मी सङ्घ
नेपाली चलचित्र र कला क्षेत्रमा हुने गरेका विदेशी हस्तक्षेपविरुद्ध नेकपा–माओवादीको भ्रातृ सङ्गठन अखिल नेपाल क्रान्तिकारी चलचित्रकर्मी सङ्घ अब निरन्तर रूपमा आवाज उठाएर अगाडि बढ्ने भएको छ । सङ्घले खुलेआम नेपालमा भित्रिने विदेशी चलचित्रविरुद्ध कडा आन्दोलनसमेत गर्ने भएको छ । यसैबीच भारतीय टेलिभिजन जीटीभीबाट प्रसारण हुने सिरियलमा गौतमबुद्ध भारतमा जन्मिएको बताएकोमा पनि सङ्घले अनिश्चितकालीन रूपमा नेपालमा जीटीभीको प्रसारणमा रोक लगाएको छ ।
सङ्घका केन्द्रीय अध्यक्ष सविनकुमार तोलङ्गीका अनुसार यो आन्दोलन समग्र नेपाली कलाक्षेत्र र राष्ट्रियताको पक्षमा गरिएको हो । उनले मुलुकको हितविपरीत लाग्ने जोकोहीविरुद्ध पनि सङ्घ जाइलाग्न बताए ।
सङ्घले समग्र नेपाली कला र चलचित्र उद्योगको पक्षमा विभिन्न कार्यक्रम पनि चाँडै ल्याउने भएको छ । सङ्घले नेपाली कलाकार र कलाकारितामाथि डाडो हस्तक्षेप गर्नेहरूसँग सचेत रहन पनि आग्रह गरेको छ ।
माया गजुरेलको प्रभु बन्दना
गायिका माया गजुरेलको भजन सङ्ग्रहित ‘प्रभु बन्दना’ नामक एल्बम हालै बजारमा आएको छ । एल्बममा शब्द र सङ्गीत दीपक पाठकको रहेको छ भने सो ‘प्रभु बन्दना’का प्रस्तुतकर्ताचाहिँ सञ्जय गजुरेल हुन् । बजारमा आधुनिक एवम् लोक तथा पपगीतको बाहुल्य रहेको परिवेशमा गायिका मायाले भजनसङ्ग्रह प्रकाशमा ल्याएर समाजमा धार्मिक आस्था बचाउने र आध्यात्मिक भाव बढाउने सुप्रयत्न गरेकी छिन् । पशुपति बुद्ध म्युजिक सेन्टरले बजार व्यवस्था तथा प्रवद्र्धन गरेको सो एल्बममा ६ वटा भजन समेटिएका छन् । मायाको आवाज सुमधुर तथा निखारिएको मात्र नभई गीत–सङ्गीतप्रति उनमा रहेको लगावका कारण नेपाली साङ्गीतिक क्षेत्रमा मायाको भविष्य अत्यन्त उज्ज्वल रहेको दाबी गर्न सकिन्छ ।