राष्ट्रिय स्क्वासमा भावना र कृष्णा अगाडि

राष्ट्रिय स्क्वासमा भावना र कृष्णा अगाडि


डिफेन्डिङ च्याम्पियन भावना सुनुवार र कृष्णा थापा तेस्रो धनलक्ष्मी महर्जन स्मृति राष्ट्रिय स्क्वास प्रतियोगिताको महिला सिंगल्समा सेमिफाइनलमा प्रवेश गरेका छन् । भावनाले आयुशा श्रेष्ठ तथा कृष्णाले श्रीमाया लामालाई समान ३–० को नतिजामा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन् । सोही स्पर्धामा स्वास्थानी श्रेष्ठले सपना ब्लोनलाई ३–० तथा विपना ब्लोनले मुस्कान राउतलाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान बनाएका छन् ।

पुरुष सिंगल्समा राकेश गुप्ताले लोकेन्द्र भण्डारीलाई ३–१, राजेन्द्र शाक्यले काशीराम भण्डारीलाई ३–०, ज्ञानु चौधरीले एरिक लोटोरीलाई ३–०, प्रवीणवीरसिंह कंसाकारले निशान्त अग्रवाललाई ३–०, दिलीप अधिकारीले रत्नकाजी शाक्यलाई (रिटायर्ड हर्ट), अमृत थापामगरले रविन देवकोटालाई ३–० र अरहान्तकेशर सिंहले विजय मगरलाई ३–० ले पाखा लगाउँदै क्वार्टरफाइनलमा स्थान सुरक्षित गरे ।

मास्टर्स ५० वर्षमाथि सिंगल्समा सुदीपबहादुर सिंह, इन्द्रबहादुर कार्की, किशोर महर्जन, प्रेम सिंह, मनोजबहादुर श्रेष्ठ, सुरेश गुरुङ र अनिल बज्राचार्य क्वार्टरफाइनलमा पुगेका छन् । यू–१५ ब्वाइज सिंगल्समा सलिन थापामगर, विकास मगर, रोहन नेपाली र राजेश परियार सेमिफाइनलमा पुगे । त्यसै स्पर्धाको गल्र्समा मुस्कान राउत, सपना ब्लोन, आयुशा श्रेष्ठ र श्रीमाया लामा सेमिफाइनलमा प्रवेश गरेका छन् ।