तेक्वान्दोमा अन्तर्राष्ट्रिय स्वर्ण विजेता सितुसिंह मास्केलाई उनको विद्यालय ह्वाइटफिल्ड स्कुलले सम्मान गरेको छ । नयाँबजारस्थित आफ्नै प्राङ्गणमा विद्यालयका प्रिन्सिपल दुर्गा श्रेष्ठले अस्ट्रेलियामा भएको गोल्डकोस्ट ओपन तेक्वान्दोमा स्वर्ण पदक विजेता सितुलाई सम्मान गरेका हुन् ।
सो अवसरमा पदकविजेता सितु र उनका प्रशिक्षक कुमार लामा घिसिङलाई विद्यालयका प्रिन्सिपल श्रेष्ठले सम्मानपत्रसहित दोसल्ला ओढाएर सम्मानित गरेकी हुन् । प्रशिक्षक घिसिङ विद्यालयका तेक्वान्दो प्रशिक्षकसमेत हुन् । गत २८ र २९ जुलाईमा भएको च्याम्पियनसिपमा सितुले ग्योरोगीमा स्वर्ण र पुम्सेमा कांस्य पदक जितेकी थिइन् । कार्यक्रममा विद्यालयले सितुका अभिभावक अञ्जना मास्के र प्रशान्तसिंह मास्केलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
प्रतिक्रिया