कलाकार भेट्रानको विजयी सुरुवात

कलाकार भेट्रानको विजयी सुरुवात


कलाकार भेट्रानले खुला भेट्रान कप सिक्स ए साइड फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । चाबहिल स्पोर्टस् क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेलमा कलाकारले सजन स्मृतिलाई ५–० गोलले पराजित गरेको हो । विजयी टिमका लागि ‘म्यान अफ दी म्याच’ मरिचमान श्रेष्ठ र हरि डाँगीले २–२ तथा डम्बर नेपालीले १ गोल गरेका थिए ।

एसियन इन्टरटेनमेन्ट एन्ड जुना फिल्मस्को मुख्य प्रायोजनमा भएको प्रतियोगिताको अर्को खेलमा बनेपाले टुसाललाई ४–१ गोलले पराजित ग¥यो । बनेपाका विक्रम श्रेष्ठले २ तथा प्रदीप धगौडा र अनिश श्रेष्ठले १–१ गोल गरेका थिए । विक्रम ‘म्यान अफ दी म्याच’ चुनिए । टुसालका प्रज्ज्वल गुरुङले सान्त्वना गोल गरका थिए । विजेता दुवै टोली क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको प्रतिनिधिसभाका सांसद गगनकुमार थापाले उद्घाटन गरेका थिए । भदौ २ गतेसम्म हुने नकआउट प्रतियोगितामा १४ टिमले सहभागिता जनाएका छन् । विजेताले १ लाख र उपविजेताले ५० हजार नगद पुरस्कार पाउनेछन् ।