पहिले करियर अरू पछि…

पहिले करियर अरू पछि…


funtimeयतिबेला मोडलिङ क्षेत्र फस्टाउँदो अवस्थामा छ । यसले व्यावसायिक रूप लिइरहेको अवस्थामा यो क्षेत्रप्रति आकर्षित हुनेहरूको सङ्ख्या पनि कम छैन । यसै क्रममा मोडलिङ क्षेत्रमा नाम कमाउने उद्देश्यका साथ लागिपरेकी एकजना मोडल हुन् सञ्जीवनी राना ।
काठमाडौं कुलेश्वरीकी सञ्जीवनी अहिले म्युजिक भिडियोतिर व्यस्त छिन् । करिब एक दर्जनभन्दा बढी भिडियोहरूमा आफ्नो उपस्थिति दह्रैसँग बनाइसकेकी सञ्जीवनी विशेष गरेर आधुनिक र पपगीतहरूमा अभिनय गर्न मन पराउँछिन् । ‘अहिलेसम्म मैले चाहेजस्तो नै पाएकी छु । म खुसी छु,’ उनले भनिन् । मोडलिङमा नै उनले आफ्नो भविष्य देखेकी छिन् यतिबेला । त्यसैले त सिनेमाहरूबाट आएका प्रस्तावहरूलाई पनि सञ्जीवनीले अस्वीकार गरिन् । यसबारे प्रस्ट पार्दै उनले भनिन्, ‘एकसाथ सबैतिर हात हाल्दा असफल भइने डर छ मलाई । त्यसकारण पनि एउटा क्षेत्रमा सफल भएपछि अर्को क्षेत्रमा लाग्ने योजना बनाएकी हुँ । पहिले एउटामा नै जमौँ न ।’
सुन्दरी सञ्जीवनीलाई अहिले एउटा कुराले भने साहै्र सताउने गरेको छ । त्यो हो केटाहरूको ¥याक । आफूलाई केटाहरूले साह्रै ¥याक गर्ने गरेकोप्रति उनको गुनासो छ । उसो भए आफूले पनि ¥याक गरे भैगो नि ? जवाफमा उनले थपिन्, ‘त्यसो नगरौँ । ¥याक गर्नेलाई गर्न दिऊँ । अरू केही नगरौँ ।’ कुराकानीको क्रममा सञ्जीवनीले आफूलाई केटाहरूले आँखा लगाउने गरेको कुरा पनि बताइन् । तर, आफूले केटाहरूलाई आँखा नलगाएको कुरा पनि उनले लुकाइनन् । ‘म अहिले क्यारियर बनाउनतिरै ध्यान दिइरहेकी छु । यताउता नलागेर पहिले मोडलिङ क्षेत्रमा क्यारियर बनाऊँ अनि त्यसपछि अरू कुरा सोचौँला,’ सञ्जीवनीले भनिन् ।

कलाकारलाई चुनावको चटारो
हुन त चलचित्रका कलाकारहरूलाई कुनै चलचित्रहरूको छायाङ्कन या प्राविधिक काममा देखिनुपर्ने हो । तर, केही समययता आएर कलाकर्मीलाई पनि चुनावी चटारोले छोएको छ । पार्टीमा प्रवेश गर्नेदेखि प्रत्यक्ष वा समानुपातिकमा चुनाव उठ्ने र कुनै पार्टीको प्रचारप्रसारमा हिँडेर उसलाई सहयोग गर्नेसम्मका क्रियाकलापमा यतिबेला कलाकर्मी व्यस्त हुन थालेका छन् ।
कलाकारहरूको व्यस्तता देख्दा लाग्न थालेको छ कि नेतालाई भन्दा कलाकारलाई यतिबेला चुनावको रन्कोले पोल्न थालेको छ । एउटै पर्दामा एकसाथ काम गरेका कलाकर्मीहरू पनि यो र ऊ पार्टी भनेर विभक्त हुन थालेका छन् । पार्टी प्रवेशको यो लहरमा अहिले कलाकर्मीहरूको रामै्र जमघट हुन थालेको छ । गायकदेखि नायकसम्म अनि गायिकादेखि नायिकासम्मलाई भ्याई–नभ्याई छ चुनावमा अहिले । आफ्नो कर्म र पेसालाई नै बिर्सिएर कलाकर्मीहरू राजनीतिमा प्रवेश गरेको देख्दा दर्शकहरू पनि कलाकारिताभन्दा राजनीति नै ठूलो क्षेत्र हो कि क्या हो भन्न थालेका छन् ।
अहिले नायिका रेखा थापा, कलाकार अशोक शर्मा अनि निर्देशक केपी पाठक एमाओवादीको प्रचारप्रसारमा लागिरहेका छन् भने निर्देशक दीपक श्रेष्ठले एमाओवादीबाट समानुपातिकमा टिकट नै पाएका छन् । यता प्रत्यक्ष रूपमा टिकट पाए तापनि पछि खोसिएका अभिनेता भुवन केसीलाई एमालेले चित्त बुझाउन समानुपातिकमा राखेको छ । यी पार्टीहरूभन्दा बरु राप्रपा नेपालले चारजना कलाकर्मीलाई प्रत्यक्षबाट टिकट दिएको छ । चलचित्रकर्मी उद्धव पौडेल, चरित्र अभिनेत्री शैलजा पाण्डे, गायक–गायिका सञ्जय श्रेष्ठ र मीरा राणा प्रत्यक्षमा चुनावमा लड्दै छन् ।
कलाकर्मीहरूले टिकट त पाएका छन् तर प्रत्यक्ष रूपमा कुनै पनि कलाकर्मीले जित्ने सम्भावना देखिँदैन । पार्टीले आफ्नो पार्टीमा प्रवेश गरेका कलाकारहरूको इच्छा मात्र पु¥याएको देखिन्छ बरु यता समानुपातिकमा परेर अभिनेता भुवन केसीले आफ्नो बचाउ गरेको चर्चा चलचित्र बजारमा छ । यसै साता मात्र कलाकारहरूको जम्बो टोली नेपाली काङ्गे्रसमा प्रवेश ग¥यो । को कुन वा के उद्देश्यले प्रवेश ग¥यो त्यो उनीहरूले नै जान्दा होलान् तर नीर शाह प्रवेश गरेपछि पनि अन्य कलाकारहरूको चर्चा सेलाउन पुगेको छ । जानकारीमा आएअनुसार शाहलाई त नेपाली काङ्गे्रसले मनोनीतमा लगेर भए पनि सभासद् बनाउने आश्वासन दिएको कुरा बजारमा आएको छ । यस्तै, बलियो आश्वासन पाएपछि नै कलाकार शाह नेपाली काङ्गे्रसमा प्रवेश गरेको चर्चा पनि नचलेको होइन । तर पनि शाहले नेपाली काङ्गे्रसमा प्रवेश गरेर आफ्नो उचाइ बढाएको कुराले पनि बजारमा रामै्र स्थान पाएको छ ।
विगतका चुनावमा पार्टीमा कलाकारहरू यसरी प्रवेशको लहर देखिएको थिएन तर यसपटकको चुनावदेखि पार्टीप्रति कलाकारहरूको रुचि रामै्र देखिन थालेको छ । तर, पनि निस्वार्थ नभएर कुनै न कुनै स्वार्थका कारण केही कलाकार भने राजनीतिमा प्रवेश गरेको देखिन्छ ।