अभ्यासका लागि राष्ट्रिय टोली श्रीलंका प्रस्थान गर्दै

अभ्यासका लागि राष्ट्रिय टोली श्रीलंका प्रस्थान गर्दै


मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिताको अभ्यासका लागि राष्ट्रिय टोली श्रीलंका प्रस्थान गर्नेभएको छ । अगस्ट २८ देखि मलेसियामा हुने एसीसी एसिया कप छनोट प्रतियोगिताका लागि राष्ट्रिय क्रिकेट टोली आज श्रीलंका प्रस्थान गर्ने भएको हो ।

सभामुख कृष्णबहादुर महराले राष्ट्रिय टोलीलाई बिदाई गर्ने कार्यक्रम छ । कप्तान पारस खड्काको नेतृत्व र उपकप्तान ज्ञानेन्द्र मल्लसहितको १८ सदस्यीय टोली श्रीलंका जाने छन् । यस्तै, बैकल्पिक खेलाडीमा चार खेलाडी छन् ।

अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा मलेसिया प्रस्थान गर्नेछ । अभ्यास खेलमा राष्ट्रिय टोलीले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।

एसिया कप छनोट प्रतियोगितामा नेपालले आयोजक मलेसिया, हङकङ, ओमान, सिंगापुर र युएईको सामना गर्नेछ । ६ टिम सहभागि टिममा शीर्ष स्थान हासिल गर्ने टिमले यसै वर्ष युएईमा हुने एसिया कपमा सहभागिता जनाउनेछ ।