तपाईंको यो साता (राशिफल, २०७५ भाद्र ६–१२)

तपाईंको यो साता (राशिफल, २०७५ भाद्र ६–१२)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । वित्तीय संस्थाबाट सहयोग पाइनेछ । मंगल कार्यको योग छ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । पढाइलेखाइमा प्रगति हुनेछ । साताको अन्त्यमा बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । यो साताका लागि शुभअङ्क ५ र शुभरङ ध्वाँसे वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि हनुमानजीको ध्यान गरी कार्य गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
चिताएको कामले तीव्रता लिनेछ । धार्मिक तथा समाज सेवामा मन लाग्नेछ । जोस–जाँगर र हिम्मत बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ घिउरङ वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन
मनमा निरासा र शरीरमा आलस्य आउला । सौन्दर्यमा धन खर्च हुनेछ । साताको अन्त्यबाट सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । विशिष्ट व्यक्तिको सहयोग मिल्नेछ । यो साताका लागि शुभअङ्क ३, ५ र शुभरङ पहँेलो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा सफलता प्राप्त हुनेछ ।

कर्कट
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । रमाइलो यात्रा होला । प्रेमीको सहयोग पाइनेछ । इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । साताको अन्त्यमा दुष्ट व्यक्तिको सङ्गतले आत्मघाती काम गर्न पुगिएला, सचेत रहनुहोला । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि शिवजीको पूजा अर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

सिंह
रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । वैदेशिक कार्य अघि बढ्नेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । शुभसमाचार सुन्न पाइएला । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ सुन्तला हो । कुनै शुभकर्म गर्नुपूर्व देवीजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

कन्या
नियम र अनुशासनलाई बेवास्ता गर्दा अवसर र लाभ गुम्न सक्छ । कामको सन्दर्भमा केही वादविवाद हुन सक्छ । साताको अन्त्यबाट आँटेकोे र ताकेको कार्य पूरा होला । व्यापार–व्यवसायमा सफलता पाइनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ वैजनी वा हरियो हो । कुनै शुभकर्म गर्नुपूर्व देवाधिदेव महादेवको आराधना गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
कूटनीतिक नियोगको सहयोग मिल्ने देखिन्छ । धार्मिक यात्राको योग छ । मनोरञ्जनमा सहभागी भइएला । साताको पहिलो दिनबाट आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अनावश्यक ठाउँमा धन खर्च बढ्नेछ । वैदेशिक क्षेत्र कमजोर रहला । यो साताका लागि शुभअङ्क ७, ९ र शुभरङ कलेजी वा पहेँलो हो । शुभकर्म गर्नुपूर्व भगवतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
लामो समयदेखि रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्ध हुनेछ । छोटो दूरीको लाभदायक यात्रा रहला । समस्या दर्शाउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा जगाउनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बिघ्नहर्ता गणेशजीको पूजाअर्चना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

धनु
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । कलकारखाना र बन्दव्यापारमा फाइदा हुनेछ । प्रेमीको सहयोग प्राप्त हुनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ कलेजी रातो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । धार्मिक यात्राको योग छ । आदर्श व्यक्तिसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । सन्तान सुख मिल्नेछ । साताको मध्य भागमा आफूलाई कमजोर भएको अनुभूति हुनेछ । घरायसी झमेलामा परिनेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभ रङ पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कुम्भ
ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्नेछ । परिवारजनबाट टाढिनुपर्ला । प्रेममा बाधाका साथै बन्न लागेको काम बिग्रनेछ । साताको अन्त्यबाट लगनशीलताले कामहरू अगाडि बढ्नेछन । कला, साहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । दाजुभाइ तथा दिदीबहिनीले तपाईंका विचारलाई समर्थन गर्नेछन् । यो साताका लागि शुभअङ्क ३, ८ र शुभरङ नीलो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीन
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आकस्मिक धनलाभ हुनेछ । स्रोतसाधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ । मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ । तर, काममा बाधा पु¥याउनेहरू प्रशस्तै हुनेछन् । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ पहेँलो वा गाढा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा लाभ मिल्नेछ ।