माग्दै छ अंश संघीयता

माग्दै छ अंश संघीयता


– सरस्वती चौलागाई

तालु भयो नेपालीको हरे संघीयता हेर,
अंश माग्दै ढुकुटीको आज संघीयता लेर ।

‘सिंह’ गयो गाउँ–गाउँमा गएन संघीयता,
छैन खान गाँस घरमा कर्कालु हे जनता ।

घरभन्दा शिखरमा कर–दाजु ठालु भएको छ,
फेर्छु नि मुहार देशको भन्ने विषालु भएको छ ।

अस्तित्व दाउपेचमा लाउँदै आमाको संघीयता आज
अलाप आयुको क्रेजमा विकास पदखोरे भो राज ।

हे गरिब बचाउन संघीयता के कुर्वानी दिने हो त ?
अंश माग्न तम्सिए हलगोरु के दियाली गर्ने हो त ?

यही हो त तिमीले चाहेको विकासे शिखर यहाँ ?
छैनन् जन्मेका सपुत देशमा खाज्दै जाने त कहाँँ ?

– मेलम्ची–२, सिन्धुपाल्चोक