लघुकथा समाज नेपालले आफ्नो दशौ दिवश मनाउने क्रममा तेस्रो दिन (बुधबार) पनि काठमाडौंमा एक कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा लघुकथाकार गणेश श्रमणको लघुकथा संग्रह ‘गुलियो काठमाडौं’ सार्वजनिक गरियो ।
सो कार्यक्रमकी प्रमुख अतिथि वरिष्ठ कथाकार माया ठकुरी र मञ्चमा उपस्थिति अतिथिहरुले सो पुस्तक सार्वजनिक गरेका थिए ।
प्रमुख अतिथि कथाकार माया ठकुरीले विमोचन मन्तब्य राख्दै विमोचित लघुकथा संग्रहमा संगृहित लघुकथाहरुले पारिवारिक जीवनलाई सुन्दर किसिमबाट प्रस्तुत गरेको बताइन् ।
सो कार्यक्रममा विमोचित लघुकथा संग्रहको समीक्षात्मक चीरफार समालोचकहरु डा. लक्ष्मणप्रसाद गौतम र महेश पौड्यालले गरेका थिए ।
समाजका अध्यक्ष श्रीओम रोदनको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकारहरु एल.बी.क्षेत्री, सुमन सौरभ, गणेश श्रमण, पुष्पराज पौडेल, तुलसीहरि कोइरालाले बोलेका थिए ।
प्रतिक्रिया