यो कस्तो नयाँ नेपाल हो ? -गोविन्द थापा

यो कस्तो नयाँ नेपाल हो ? -गोविन्द थापा


राजनीतिक सङ्क्रमण त हिजोबाट नै थियो
आजबाट बिजुलीको सङ्कटकाल थालनी भएको छ ।
आर्थिक सङ्कटकाल अगाडि नै विद्यमान थियो ।
सार्वजनिक घोषणा गर्न मात्र बाँकी रहेको छ ।

भोलि पानीको सङ्कटकाल घोषणा हुनेछ ।
पर्सि खाद्यान्नको सङ्कटकाल घोषणा हुनेछ ।
अर्को दिन जातीय सङ्कटकालको तयारी भइरहँदा
बरु सङ्कटै-सङ्कटकालको देश भनी घोषणा गर्दा सान्दर्भिक हुनेछ ।

शान्ति सुरक्षाको सङ्कटकाल घोषणा गर्न लुकाइएको छ ।
सीमा सुरक्षा सङ्कटकाल घोषणा गर्न डराइएको छ ।
लोभी, पापी, स्वार्थी नेताहरूमा विश्वासको सङ्कटकाल पलाएको छ
माउलाई माकुराले खाएझैं, नेताहरूले देशलाई नाङ्गो बनाएको
सत्य उजागर भएको छ ।

अबेर भयो, असह्य भयो, अब त जाग्नु छ ।
देशलाई फेरि एउटा नयाँ स्वरूपको जंगबहादुरको खाँचो खड्किएको छ ।
विषालु बोट-वृक्ष, घाँस-फूल ध्वंश गर्ने डढेलोको खाँचो छ
सभ्य गाली र थप्पडले मात्र पुगेन, बग्रेल्ती
खरीको बोटहरू रोप्ने हातहरूको खाँचो छ ।
धरान

आगो सल्किई भुसमा ? वामदेव पण्डित वर्ष ९५
रोहित हित आफ्नो र दलको पनि सम्भिmने ।
कमल मलको भारी बोकेर हुने दौडिने ।१।

उपेन्द्र उपियाँजस्तै फट्किने हुन् यादव ।
हुँदै छन् कमजोर, तराईतिर वास्तव ।२।

सीपी सीपी हुँदै हाँसी चाँदीझैं बनी
दल भारेभुरे हल्का हुँदै सर्वत्र टाँसिने ।३।

राप्रपा दुवै फेरि मधेसी दल ती सब
फुट्ने, जुट्ने गरी भारी देखाउने महोत्सव ।४।

केपी खड्ग लिई ठोक्ने प्रचण्डतिर हर्दम ।
ओली माधव जी ठानौँ जुम्ल्याहा शक्तिका सम ।५।

माओवादीहरूभित्र आगो सल्किई भुसमा ।
डढेझैं बिचरा हाय फसे अन्तर द्वन्द्वमा ।६।

ठूला काङ्ग्रेस एमाले इष्र्या र द्वेष रोगले ।
ग्रसित बनी आपसमा च्यापिरहेछ कोलले ।७।

सिन्दुर छ सबैको नै जनताको निधारमा ।
जाकिए जनता सारा खुँडाको घोर धारमा ।८।

पुछी सिन्दर मान्छेले स्वतन्त्रता हुने दिन ।
आउला कि कुनै बेला, तोकेर दिन भन्दिनँ ।९।

घुरान फोहोर थुप्रो नडढी हुन्न निश्चय ।
थुप्रो डढेपछि ठोस हुन्छ नेतृत्व सञ्चय ।१०।

सञ्चय शक्तिको व्याख्या गर्न चित्त डराउँछ ।
सेना कि उग्रवादीले लोकत्रन्त्र बुज्याउँछ ।११।

लिएमा सैन्यले तन्त्र ब्युँझिन पनि सक्दछ ।
उग्रको पेटको तन्त्र, गर्भमा पुगी मर्दछ ।१२।

लाटाको पद बाटोमा, परेर लोकतन्त्रको ।
रक्षा हुन्छ कि आशा छ स्थिति भयो विचित्रको ।१३।

गजल-सीता खनाल
कहिले पनि भएन खै ढुक्क जिन्दगी
भिज्यो सधैं आँसुले न्रि्रुक्क जिन्दगी
मनका इच्छा आकाङ्क्षाले कोल्टे फेर्दै गएपछि
निराश भई रोयो सुक्क-सुँक्क जिन्दगी
सधैंभरि पीडा अनि दु:खभित्र रुमलिँदा
आफ्नै मनले भन्यो आज थुक्क जिन्दगी
नि:शब्द भई बोलीहरू आवेशमा आउँदा मन
बाडुल्कीझैं चिच्यायो कुक्क जिन्दगी
प्रगतिका पथ भत्किई असफलता हात लाग्दा
सकिनँ म निल्न भयो उक्क जिन्दगी
आफ्नै परिस्थितिसँग घरिघरि हार्नुपर्दा
पहिरोझैं खस्यो भुक्क-भुक्क जिन्दगी
-यम्घा-४, पाल्पा