पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा

पाकिस्तानी क्रिकेट प्रमुखद्वारा राजीनामा


पाकिस्तानका क्रिकेट प्रमुख नजाम सेथीले राजीनामा दिएका छन् । पुर्व क्रिकेटर समेत रहेका इमरान खान नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएपछि क्रिकेट प्रमुख सेथीले राजीनामा दिएका हुन् ।

पुर्वप्रधानमन्त्री नवाज शरीफको पक्षमा सन् २०१३ मा भएको निर्वाचनमा धाँधली गर्न सहयोग गरेको आरोप खानले सेथीलाई लगाएका छन् । सेथीलाई शरिफले पाकिस्तान क्रिकेट वोर्ड (पीसीबी)मा नियुक्त गरेका हुन् । अध्यक्षका रुपमा उनको कार्यकाल सन् २०२० मा सकिने भएपनि उनले अहिले नै राजीनामा दिएको बताइएको छ ।

‘सहज तरिकाले काम गर्ने वातावरण नभएको र आफ्नो जिम्मेवारी पुरा गर्न गाह्रो हुने देखिएकाले मैले क्रिकेट वोर्डबाट राजीनामा दिने निर्णय गरेको हुँ,’ सेथीले ट्वीटर मार्फत् सार्वजनिक गरेको राजीनामा पत्रमा उल्लेख छ ।

‘क्रिकेट वोर्डले आगामी दिनमा क्रिकेट टिमलाई अझ शसक्त बनाउदै राम्रो प्रस्तुतिका लागि वातावरण वनाइदिने छ भन्ने मैले विश्वास लिएको छु,’ उनले लेखेका छन् ।

प्रधानमन्त्री खानले सेथीको ठाउँमा अन्तराष्ट्रिय क्रिकेट परिषद्का पुर्व अध्यक्ष हसन मानीलाई नियुक्त गरिसकेका छन् । उनलाई नियुक्त गरेपछि खानले ट्वीटरमा लेख्नु भएको छ, ‘मानीले आफ्नो काममा मूल्यवान् अनुभव र व्यापक परिवर्तन गराउने छ ।’पदत्याग गरेको भएका सेथी पाकिस्तानको राष्ट्रिय साप्ताहिक द फ्राईडे टाइम्सका सम्पादक समेत हुन् । त्यस पत्रिकामा खानको व्यङग्यात्मक नियमित स्तम्भ पनि छापिने गथ्र्याे ।

सन् २०१६ मा सेथीकै नेतृत्वमा पाकिस्तान सुपर लिग आयोजना गरिएको थियो । त्यसलाई पाकिस्तानमा २० बर्षमाथिको क्रिकेट खेलको विकासमा ठूलो योगदान पु¥याएको प्रतियोगिताका रुपमा लिइन्छ । टि ट्वान्टी टिममा पाकिस्तान अहिले पनि विश्वकै अग्रस्थानमा रहेको छ । (रासस/एएफपी)