तपाईंको यो साता (राशिफल, १३–१९ भदौ, २०७५)

तपाईंको यो साता (राशिफल, १३–१९ भदौ, २०७५)


– ज्यो.पं. नारायणप्रसाद दुलाल

मेष
अरूको भरपर्दा धोकामा परिने, हानि हुने र विश्वास गुम्नेछ । आफ्नो महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । साताको अन्त्यबाट लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । भाग्यले विभिन्न अवसर जुराउनेछ । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मध्य सातामा भने यो साताका लागि शुभअङ्क ४, ६ र शुभरङ गुलाबी वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व गणेशजीको दर्शन गर्नाले अधिक सफलता मिल्नेछ ।

वृष
मुद्दा–मामिलामा विजयी भइनेछ । व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ । बोलीको भरमा कार्य सम्पादन हुनेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । साताको अन्त्यमा प्रेममा मनमुटावका साथै मन कमजोर रहला । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । यो साताका लागि शुभअङ्क २, ८ र शुभरङ सेतो वा पहेँलो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गर्नाले अधिक लाभ मिल्नेछ ।

मिथुन
आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम शुरु गर्न सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ हरियो वा घिउरङ हो । कुनै शुभकर्म गर्नुपूर्व शिव भगवान्को ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कर्कट
अरूको भलाइका लागि दौडधुप गर्नुपर्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । साताको पहिलो दिनबाट एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि आफ्नो इष्टदेवताको ध्यान गरी कार्य आरम्भ गर्दा शुभफल प्राप्त हुनेछ ।

सिंह
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । रोकिएको काम दोहो¥याएर प्रयत्न गर्दा फाइदा हुनेछ । भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनुपर्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । छोटो दूरीको लाभदायक यात्रा हुनेछ । यो साताका लागि शुभअङ्क ५, ७ र शुभरङ रातो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व महासरस्वतीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

कन्या
लामो समयदेखि रोकिएका अधुरा कामहरू पूरा हुनेछन् । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । साताको अन्त्यमा बोलीको विपरीत अर्थ लाग्न सक्छ संयम रहनुहोला । यो साताका लागि शुभअङ्क २, ५ र शुभरङ खैरो वा आकाशेरङ हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

तुला
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । आकस्मिक धन लाभ हुनेछ । वाहान सुख मिल्नेछ । साताको पहिलो दिनबाट अरूलाई प्रभावित पारेर काम बनाउन सकिने समय छ । प्रशंसकहरू बढ्ने छन् । सहयोगीहरूले काममा साथ दिनेछन् । यो साताका लागि शुभअङ्क ३, ७ र शुभरङ सेतो हो । शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि महादेवको ध्यान गरी यात्रा आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

वृश्चिक
राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ । वस्त्र, अलङ्कार आदि खरिद गर्ने योग छ । प्रेमीको सहयोग पाइनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । विद्या र बुद्धिको विकास हुनेछ । कुनै नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ । यो साताका लागि शुभअङ्क २, ७ र शुभरङ गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

धनु
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । सामाजिक कार्यमा मन जाला । शुभकार्यको चर्चा चल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । साताको मध्यमा भने लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । यो साताका लागि शुभअङ्क २, ९ र शुभरङ हरियो वा खैरो हो । कुनै शुभकर्म गर्नुअघि हनुमानजीको दर्शन गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

मकर
विशेष सभा समारोहमा सहभागी बन्ने मौका छ । कूटनीतिक नियोगको सहयोग मिल्ला । प्रयत्न गर्दा टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यावसायिक कार्यमा राम्रै फड्को मार्न सकिनेछ । यो साताका लागि शुभअङ्क १, ६ र शुभरङ नीलो वा हरियो हो । कुनै शुभकर्म गर्नुअघि महादेवको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ
महत्वपूर्ण कार्यमा व्यवधान आउनेछ । मनमा चञ्चलता बढ्नेछ । बाटो काट्दा वा यात्रा गर्दा सचेत हुनुपर्छ । साताको पहिलो दिनबाट कूटनीतिक नियोगको सहयोग मिल्ला । आर्थिक क्षेत्र मजबुत हुने देखिन्छ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ सुन्तलारङ वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि दुर्गाजीको दर्शन गरी आरम्भ कार्य गर्दा अधिक सफलता मिल्नेछ ।

मीन
धार्मिक र सामाजिक काममा रुचि बढ्नेछ । राज्यबाट सम्मान प्राप्त हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । व्यापार–व्यवसायबाट प्रशस्त लाभ मिल्नेछ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूले साथ दिनेछन् । यो साताका लागि शुभअङ्क १, ९ र शुभरङ पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि नवग्रहको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।