फिर्ता गर पुरानो नेपाल

फिर्ता गर पुरानो नेपाल


– सुशील देवकोटा

फिर्ता गर पुरानो नेपाल
नयाँ नेपाल मलाई चाहिएन
आजको तिम्रो नयाँ नेपालमा
नेपाल र नेपाली कतै पाइएन

जात धर्मको झगडा थिएन
पहिचानको झन् लफडा थिएन
मिलेर बस्थे साँध र मनमा
विभेदको कुनै पर्खाल थिएन
संघीयता अनि प्रदेशको नाममा
टुक्रा पारेको देश चाहिएन
फिर्ता गर पुरानो नेपाल
नयाँ नेपाल मलाई चाहिएन
आजको तिम्रो नयाँ नेपालमा
नेपाल र नेपाली कतै पाइएन

थिएनौं हामी दास कसैको
थिएन डर त्रास कसैको
शान्ति क्षेत्र नेपाल थियो
थिएन खेल्ने मैदान कसैको
देशको नेता भन्दै आफुलाई
देश बेच्ने ठेकेदार चाहिएन
फिर्ता गर पुरानो नेपाल
नयाँ नेपाल मलाई चाहिएन
आजको तिम्रो नयाँ नेपालमा
नेपाल र नेपाली कतै पाइएन !!