एसियाली खेलकुद (एसियाड)मा पहिलोपटक सहभागिता जनाएको प्याराग्लाइडिङ खेलले नेपाललाई रजत पदक दिलाएको छ ।
एसियाडको ६७ वर्षे इतिहासमा नेपालले दोस्रोपटक रजत जितेको हो । इन्डोनेसियामा जारी १८आँै संस्करणको एसियाडअन्तर्गत प्याराग्लाइडिङकोे पुरुष क्रसकन्ट्री स्पर्धाको अन्तिम चरणको खेलमा नेपालले रजत हात पारेको हो । जकार्तास्थित गुनुङ मास पुनकाकमा भएको खेलमा नेपालले रजत पदक पक्का गरेको हो । प्रतियोगितामा स्वर्ण पदक भने जापानले हात पा¥यो । अब नेपालको रजत पदकसंख्या दुई पुगेको छ
यसअघि सन् १९९८ मा थाइल्यान्डको बैंककमा भएको एसियाडमा तेक्वान्दोकी सविता राजभण्डारीले नेपाललाई रजत पदक दिलाएकी थिइन् । नेपालले यसअघिका एसियाडमा तेक्वान्दो, बक्सिङ र कराते गरी २३ पदक जित्न सफल भएको थियो । नेपाल जापानभन्दा २७ अंकले मात्रै पछि परेको थियो । पाँचाँै राउन्डको खेल सकिँदा नेपालले ११ हजार ३ सय ६४ अंक मात्र बनाउन सक्यो ।
त्यस्तै पहिलो स्थानमा रहेको जापानले भने ११ हजार ३ सय ९१ अंक जोड्यो । क्रसकन्ट्रीमा नेपालका सबै खेलाडीले टास्क पूरा गरेका थिए । प्याराग्लाइडिङको टिम क्रसकन्ट्रीमा पाँच खेलाडी हुन्छन् । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।
प्रतिक्रिया