– अनाथ अङ्कल

किटिवाकेस
ऊ इबिजाको एक कुनाबाट
चुच्चोमा आहार लिएर
सल्लोको हाँगामा थुपुक्क बस्छ,
त्यो जीव
आहार बन्नाको लागि
मृत्युदण्ड दिन लागिएको कैदीझैँ
निर्बलअघिल्तिर समर्पित छ
जीव विवश छ,
कसैको जीवनको लागि
बाँचिदिनु परेकोले
आफ्नो स्वतन्त्रताको
हतास मृत्युमा
जीवनको अन्त्यमा भन्दा
शोकाकुल छ होला
भोक मेटाउने आहार
आफ्नो मृत्युमा भन्दा
कसैको आहार बन्दै गर्दाको पीडामा
मेटिन लागेको उसको आशा
तराजुको न्याय
धर्तिको मानवता
र
त्यो विवश जीवको मृत्यु
प्रत्येक प्रहारबाट आहत हुँदै
बलियाको अस्तित्वका लागि
थापिएको धरापझैँ,
बटुवाले टिपेको फुल
जीवनको निर्मम अन्त्य
बगेको आँशु
र उसको स्वतन्त्रता
उन्मत्त मालिकहरुको
एक पित्को खुशीको लागि ?
पालिएको कुकुरी काँ !
प्रतिक्रिया