युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनारले खेलकुद पूर्वाधारको निरीक्षण गरेका छन् । सुनारले १३औं दक्षिण एसियाली खेलकुद प्रतियागिता (साग) को आयोजनाका लागि निर्माण भैरहेका भौतिक पूर्वाधारहरुको निरिक्षण गरेका हुन् ।
१३औं साग आगामी फागुन महिनामा नेपालमा आयोजना हुँदैछ । सो कुरालाई मध्यनजर गर्दै सागको समयमै सफलतापूर्वक आयोजना गर्न खेलकुद पूर्वाधारका बारेमा जानकारी लिन मन्त्री सुनारले निरिक्षण गरेका हुन् । सो अवसरमा मन्त्री सुनारले पूर्वाधार निर्माण भइरहेका त्रिपुरेश्वर, सातदोवाटो र च्यासलको निरक्षण गरेका थिए ।
निरिक्षणका क्रममा युवा तथा खेलकुद सचिव र राष्ट्रिय खेलकद परिषदका सदस्य सचिव केशव कुमार बिष्टको समेत उपस्थिति रहेको थियो । पूर्वाधारको निरिक्षण गर्दै युवा तथा खेलकुद मन्त्री बि.क.ले समयमै पूर्वाधार सम्पन्न गर्न निर्देशन सम्बन्धित पक्षलाई निर्देशन दिएका थिए ।
प्रतिक्रिया