तोडियो बाजेको सेकुवाको सिलबन्दी

तोडियो बाजेको सेकुवाको सिलबन्दी


नेपाल प्रहरीले बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारीको खोजी गर्न अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मा रेडकर्नर नोटिस जारी रहेकै अवस्थामा उनको स्वामित्वमा रहेका राजधानीका ६ वटा आउटलेटमा लागेको सिलबन्दी आज सोमबार तोडिएको छ ।

भण्डारी ३८ क्विन्टल सुन तस्करी प्रकरणमा मुछिएपछि छानबिन विशेष समितिले ३० जेठमा उनका ती आउटलेटमा सिलबन्दी गरेको थियो ।

आटलेटमा भएको सिलबन्दीविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा सुनुवाइ गर्दै सर्वोच्चले बाजेको सेकुवाका सबै शाखा खोल्न अन्तरिम आदेश दिएपछि प्रशासन, जनप्रतिनिधिलगायतको उपस्थितिमा सो सिलबन्दी तोडिएको हो ।