थापा र अर्याल हैदराबाद ओपनमा

थापा र अर्याल हैदराबाद ओपनमा


ब्याडमिन्टन एसियाको निमन्त्रणामा विश्व ब्याडमिन्टन महासंघ (बीडब्लूएफ)को कार्यक्रम बीडब्लूएफ वल्र्डटुर १०० अन्तर्गत आईडीबीएल फेडेरल इन्सुरेन्स हैदराबाद ओपन २०१८ मा निर्णायकको भूमिका निर्वाह गर्न बीएसी सर्टिफाइड अम्पायर दीपक थापा र एक्रिडिटेटेड अम्पायर उदय अर्याल हैदराबाद प्रस्थान गरेका छन् ।

अन्तर्राष्ट्रिय अम्पायरद्वय थापा र अर्याललाई नेपाल ब्याडमिन्टन सङ्घका उपाध्यक्ष सुभाष श्रेष्ठले बिदाइ गरेका थिए । भदौ १९ देखि २४ गतेसम्म मित्रराष्ट्र भारतको हैदाराबादमा आयोजना हुने उक्त प्रतियोगिता ७५ हजार डलर पुरस्कार राशिको रहेको अन्तर्राष्ट्रिय अम्पायर अर्यालले जानकारी गराए ।