तपाईंको यो साता (राशिफल २०-२६ भदौ ०७५)

तपाईंको यो साता (राशिफल २०-२६ भदौ ०७५)


– पं. नारायणप्रसाद दुलाल

मेष
ठूलाबडाको आशीर्वादले रोकिएको काम बन्न सक्छ । शत्रुहरू पराजित हुनेछन् । नयाँ व्यक्तिसँग भेटघाट हुनेछ । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अतिथिको रूपमा सत्कार पाइएला । व्यापारमा मनग्ये धनलाभ हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ रातो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व हनुमानजीको स्मरण गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृष
शरीरमा स्फुर्ति र उमङ्गको कमी हुनेछ । काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नुपर्ला । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ । साताको अन्त्यमा आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र मित्रताको बन्धन कसिनेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ पहेँलो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि भैरवजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मिथुन
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । रचनात्मक काममा जुट्ने समय छ । महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । साझेदारीको कार्यबाट राम्रो प्रतिफल मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइने र धन खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क ३, ९ र शुभरङ सेतो वा खैरो हो । कुनै शुभकर्म गर्नुपूर्व शिवजीको स्मरण गर्नाले सफलता हात पर्नेछ ।

कर्कट
रोकिएका काम पुनः सुरु हुन सक्छन्, सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । साताको अन्त्यमा अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । यो साताका लागि शुभअङ्क २, ४ र शुभरङ सेतो वा पहँेलो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

सिंह
तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ वस्त्र एवम् अलङ्कारको प्राप्ति हुनेछ । आर्थिक कारोबारमा सफलता पाइएला । साताको अन्त्यमा समय प्रतिकूल भई कुलतमा मन जानेछ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ रातो वा कालो हो । कुनै शुभकर्म गर्नुपूर्व दुर्गाजीको आराधना गरी यात्रा गर्नाले सफलता मिल्नेछ ।

कन्या
मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ । आकस्मिक धनलाभ हुनेछ । हल्लाको भर पर्दा दुःख पाइने छ, तर मिहिनेत गर्दा प्रगति हुनेछ । यो साताका लागि शुभअङ्क ६, ७ र शुभरङ पहँेलो वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व वा यात्रामा जानुअघि विष्णु भगवान्को दर्शन गरी आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

तुला
लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ । सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । शुभकार्यको चर्चा पनि चल्नेछ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ गुलाबी रङ हो । कुनै शुभकर्म गर्नुपूर्व भैरवजीको दर्शन गर्नाले अधिक सफलता हात पर्नेछ ।

वृश्चिक
शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग रहेको छ । साताको पहिलो दिनबाट सामाजिक कामबाट प्रशंसा प्राप्त हुनेछ । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । यो साताका लागि शुभअङ्क १, ७ र शुभरङ खौरो वा सेतो हो । कुनै शुभकर्म गर्नुपूर्व नवग्रहको दर्शन गरी कार्य आरम्भ गर्नाले अधिक सफलता मिल्नेछ ।

धनु
छोटो दूरीको लाभदायक यात्रा हुनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्नेछ । साताको पहिलो दिनबाट सामान्यतया झैझगडा र वादविवादमा फस्नु राम्रो हुँदैन, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ । यो साताका लागि शुभअङ्क ६, ९ र शुभरङ पहेँलो वा रातो हो । कुनै शुभकर्म गर्नुपूर्व बगलामुखीको दर्शनगरी कार्य आरम्भ गर्नाले अधिक सफलता हात पर्नेछ ।

मकर
राजनीतिक कार्यमा सफलता मिल्नेछ । उन्नति एवम् प्रगतिको वातावरण बन्नेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । धैर्य एवम् लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । वाक्चतु¥र्याइँले सङ्कल्प सिद्ध हुनेछ । रमाइलो यात्राको योग रहेको छ । यो साताका लागि शुभअङ्क १, ८ र शुभरङ सेतो वा कालो हो । कुनै शुभकर्म गर्नुअघि गणेशजीको आराधना गरी यात्रा गर्नाले अधिक सफलता मिल्नेछ ।

कुम्भ
राजनीतिक र सामाजिक प्रतिष्ठा कायम राख्न लगानी गर्ने समय आएको छ । धर्म, कर्म तथा समाजसेवामा मन लाग्नेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै वाहन लाभ हुने समय छ । तर, अरूको भलाइका लागि दौडधुप गर्नुपर्नेछ । यो साताका लागि शुभअङ्क २, ३ र शुभरङ घ्यूरङ वा नीलो हो । कुनै शुभकर्म गर्नुपूर्व विष्णुजीको ध्यान गरी कार्य आरम्भ गर्दा अधिक लाभ हुनेछ ।

मीन
बन्धुबान्धव र दाजुभाइको सहयोग लिन सकिनेछ । कूटनीतिक नियोगको सहयोग मिल्ला । कतिपय राम्रा अवसरहरू प्राप्त हुनेछन्, तर मन दोधार नबनाउनु होला । साताको अन्त्यमा ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । दबाब र तनाव बढेको महसुस हुनेछ । यो साताका लागि शुभअङ्क ४, ९ र शुभरङ पहेँलो वा गुलाबी हो । कुनै शुभकर्म गर्नुपूर्व महालक्ष्म्मीजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।