तिज गीत

तिज गीत


– सरस्वती चौलागाई

निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

गाउँगाउँमा सिंहदरबार, विकास जान्छ भनेर
सङ्घीयता देशमा आयो महँगो भो हेर
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

तलब भत्ता, देशको धन, जनप्रतिनिधिलाई
धन्यवाद छ जिताएर भोट दिनीलाई,
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

महँगी र कालो बजार सिंह धेरै पालियो
विकासभन्दा गरिब बढ्ने मन्त्र चालियो
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

रोजगारी र विकास फुकाई देशको मुहार हँसाउने
रोकिन्छ कहिले युवा विदेश पठाउने ?
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

नेताजनलाई उपचार विदेशका महल छन्
सिटामोल किन्न नपाई जनता मर्दछन्
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

हिजो एकै राजा थिए देशको घन्टी बजाउने
आज सयौँ राजा आए जनता कजाउने
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

हाम्ले तिऱ्या कर जति तलबभत्ता ठिक्कै छ
सङ्घीयता संरचना विकास निक्कै छ ।
निमुखा जनताको पिरव्यथा तेतै छ,
सिङ भएका सिंह गए दरबार यतै छ ।

– मेलम्ची–२, सिन्धुपाल्चोक ।