रजतजयन्ती ज्ञान कार्निभल शुरु

रजतजयन्ती ज्ञान कार्निभल शुरु


ज्ञान कार्निभलको २५औँ (रजतजयन्ती) वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको रजतजयन्ती ज्ञान कार्निभल अन्तरविद्यालय बास्केटबल तथा फुटबल प्रतियोगिता भदौ २० गते बुधबारदेखि हुने भएको छ ।

ज्ञानोदय बाल बाटिका स्कुलको आयोजनामा हुने ज्ञान कार्निभलअन्तर्गत पहिलो चरणमा बुधबार २० गतेदेखि बास्केटबल (छात्र र छात्रा) हुने विज्ञप्तिमा जनाइएको छ । प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ १० टिमको सहभागिता रहनेछ । कार्निभलको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गर्ने जारी विज्ञप्तिमा जनाइएको छ ।

सन् १९९४ देखि लगातार आयोजना हुँदै आएको विद्यालयस्तरको सबैभन्दा पुरानो ज्ञान कार्निभल प्रतियोगिताले राष्ट्रियस्तरका थुप्रै खेलाडी उत्पादन गरिसकेको छ । विद्यालयस्तरदेखि नै खेलकुद भन्ने मूल नारा रहेको नेपाली खेलकुद विकासमा यस कार्निभलले निकै टेवा पु¥याउँदै आएको छ ।

कार्निभलको उद्घाटनका अवसरमा कार्निभललाई यस अवस्थासम्म पु¥याउन सहयोग पु¥याउनुहुने विभिन्न खेलाडी, प्रशिक्षक तथा अन्य महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रक संयोजक जयराम अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

बास्केटबलतर्फ साबिक विजेता छात्रतर्फ इनोभेटिम स्कुल, शंखमूल तथा छात्रातर्फ रिलायन्स स्कुल, बानेश्वर रहेका छन् ।