ब्याडमिन्टनमा सुजन र सुनिलको जोडीलाई उपाधि

ब्याडमिन्टनमा सुजन र सुनिलको जोडीलाई उपाधि


ललितपुर जिल्ला खेलकुद विकास समितिका सुजन खतिवडा तथा सुनिल योञ्जनको जोडी राष्ट्रिय खेलकुद परिषद्को ५५औँ वार्षिकोत्सव खेलकुद दिवसको अवसरमा आयोजित ब्याडमिन्टन पुरुष युगलको उपाधि जित्न सफल भएको छ ।

खतिवडा र योञ्जनको जोडीले राष्ट्रिय खेलकुद परिषद् खेलकुद विज्ञान प्रतिष्ठानका तुलसीनारायण महर्जन र विकासविक्रम शाहको जोडीलाई २१–१९, २१–११ ले पराजित गर्दै जित हात पारेको हो । तेस्रो स्थानमा गत वर्षका विजेता युवा तथा खेलकुद मन्त्रालयका लक्ष्मीप्रसाद भट्टराई र सागर सिग्देलको जोडी तथा केन्द्रका फणीन्द्र पौडेल र श्याम अधिकारीको जोडी रह्यो ।

यस्तै, महिलातर्फको उपाधि खेलकुद विज्ञान प्रतिष्ठानकी रितामैया प्रजापति र तालिम तथा प्रशिक्षण विभागकी रेखा बस्नेतको जोडीले हात पाऱ्यो । प्रजापति र बस्नेतको जोडीले ललितपुर जिल्ला खेलकुद विकास समितिका रिता चौलागार्इं र विमला जोशीको जोडीलाई २१– १३ र २१ – १२ ले पराजित ग¥यो । केन्द्रका राधा श्रेष्ठ र सरस्वती केसीको जोडी र सीता अधिकारी र गुञ्जु गुरुङको जोडीले तेस्रो स्थानमा चित्त बुझायो ।