भुटानविरुद्ध नेपालको शुरुवाती अग्रता

भुटानविरुद्ध नेपालको शुरुवाती अग्रता


साफ च्याम्पियनसिप २०१८ अन्तर्गत समूह ए को नेपाल र भुटानबीच शुरु भएको खेलमा नेपालले शुरुवाती अग्रता लिएको छ ।

बंगलादेश बंगबन्धु रंगशालामा भएको खेलमा २१औँ मिनेटमा नेपालले भुटानविरुद्ध गोल गरेको छ । नेपालका तर्फबाट भएको उक्त पहिलो गोल अनन्त तामाङले गरेका हुन् ।

गोलकिपर किरण लिम्बूको कप्तानीमा मैदानमा उत्रिएको नेपाली राष्ट्रिय टिमका लागि सेमिफाइनल पुग्न भुटानलाई जित्नैपर्ने दबाब छ । यसअघि भएको साफ च्याम्पियनसिपमा भुटानसँग २ खेल खेलेको नेपाल दुवैमा विजयी बनेको थियो ।