समावेशी, सबल अनि स्वच्छ प्रशासन

समावेशी, सबल अनि स्वच्छ प्रशासन


– तिलक पौडेल

उपेक्षित जनजाति, महिला दलित कन,
मूल्प्रवाह्मा मिसाउनलाई्, सहज बाटो खन ।
पर्घेल्याईंको कहीं कतै, नहोस् गन–गन,
तव् मुलुक्मा हुन्छ समा,–वेशी प्रशासन ।।

अन्यायलाई् तर्साउन, कानूनको घन,
चोर्थाप्लोमा हानौं कडा, न्यायिक बचन ।
गर्नैपर्छ ठम्मा ल्याउ्न, जो–जो बद्माश् छन,
मुलुकमा तव हुन्छ, सबल प्रशासन ।।

सेवक् ठानी मन्मा राखी, नागरिक जन,
अग्रपङ्क्ति गरीब र, निमुखालाई् झन ।
प्रक्रियालाई् कानूनले, कसी टन–टन,
न्याय दिन सके हुन्छ, स्वच्छ प्रशासन ।।

भ्रष्टान्यायी कुमनलाई्, भाँची ठन–ठन,
हृष्टपुष्ट स्वच्छ सबल्, सदाचारी तन ।
बस्न सके सर्वाेच्चमा, सामाजिक धन,
भ्रष्टहीन बन्ला मुलुक्, स्वच्छ प्रशासन ।।

सिर्जनशील, गुणवान, जिम्मेवारी पन,
योग्यताको कसी लाउँ्दा, नगरी रन्फन ।
अनुभवी धैर्यताको, घना भए बन,
योग्य सेवक् हुन्छ अनि सुदृढ प्रशासन ।।

मालिक् हैन जनताको, सच्चा सेवक् भन,
चड्डा जस्तै हुनेछ है, निस्कलङ्कित् मन ।
उच्नीच्भाव विलाइ् जावोस्, काम् सु–सञ्चालन,
हुनसक्ला सह्भागिता,–मूलक् प्रशासन ।

यस्तै भाव पूरा गर्न, प्रसुआ गठन,
सच्चाभावले भएन कि, सुझाव पठन ।
बुझ् पचाए पाप लाग्ला, पारदर्शी बन,
बनाऊँ स्वच्छ, सबल्, समा–वेशी प्रशासन ।।

के काम् भयो, कसरी भो, सरोकारी जन,
नागरिक बडापत्र, अड्डा–अड्डा छन ।
शासु हुँदा ढुक्क भए, नतुल्बुलाई् मन,
स्वच्छ हुन्छ प्रशासक, सबल प्रशासन ।।

(प्रशुआ = प्रशासन सुधार आयोग, शासु = शासकीय सुधार)

– अमृतनगर,कीर्तिपुर