साफ च्याम्पियनसिप फुटबलमा नेपालको शानदार जित

साफ च्याम्पियनसिप फुटबलमा नेपालको शानदार जित


नेपालले साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । आयोजक बंगलादेशमाथि शानदार जित हात पार्दै नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको हो ।

शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएको हो । बंगलादेशको राजधानी ढाकास्थित बंगबन्धु राष्ट्रिय रंगशालामा पहिलो हाफको ३३ औं मिनेटमा बिमल घर्तीमगरले फ्रि किक गोल गरेका थिए । खेलको अन्तिम समय ९० मिनेटमा नेपालका लागि नवयुग श्रेष्ठले उत्कृृृष्ठ गोल गरे । यो सँगै नेपालले २–० जित निकाल्न सफल भएको हो ।

खेलमा नेपाली टोलीलाई चार, चार, दुईको ढाँचामा खेलाडी मैदान उतारिएको थियो । शनिबारको खेलमा गोलकिपर किरण चेम्जोङ, डिफेन्डरमा सुमन अर्याल, अनन्त तामाङ, आदित्य चौधरी, दिनेश राजवंशी, मिडफिल्डरमा रोहित चन्द, निराजन खड्का, सुजल श्रेष्ठ, सुनिल बल र फरवार्डमा विमल घर्तीमगर तथा भरत खवास खेलेका थिए । यसअघि नेपालले भुटानविरुद्ध ४–० जित निकालेको थियो भने पाकिस्तानसँग २–१ को हार बेहोरेको थियो । शनिबारको खेल हार्दा वा बराबरी हुँदा नेपालसँग घर फर्कनुको अर्को बिकल्प थिएन् ।